३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

अक्सफोर्ड मा वि बुटवलमा खेल सप्ताह सुरु

बुटवल । बुटवल सुख्खानगरस्थित अक्सफोर्ड माविले कक्षा ११ र १२ तर्फ सोमबार खेलकुद सप्ताहको उद्घाटन गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता र पूर्व विद्यार्थी, अभिभावक तथा जिल्ला खेलकुद समिति अध्यक्ष हरि क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।
सिद्देश्वरी खेल मैदानमा आयोजित उक्त कार्यक्रमलाई विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल तथा प्रमुख अतिथि हरि क्षेत्रीले संयुक्त रुपमा भलिबल समूहलाई भलिबल हस्तान्तरण गर्दै खेल सप्ताहको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरि क्षेत्रीले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले आयोजना गरेको उक्त कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताए । साथै उनले निकट भविष्यमा हुन गइरहेका जिल्ला र प्रदेशस्तरीय विभिन्न खेलकुद कार्यक्रमसम्बन्धी जानकारी दिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विद्यालयका प्राचार्य दिनेश भुसालले शैक्षिक क्रियाकलापमा अब्बल रहेको अक्सफोर्डले विद्यार्थीको चौतर्फी विकासका लागि खेलकुद कार्यक्रमलाई पनि उच्च महत्त्व दिएको बताए । उनले अक्सफोर्डले राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सफल भएको बताए ।


उद्घाटन कार्यक्रममा आज अर्थात् पहिलो दिन छात्रातर्फ भलिबल, छात्र र छात्रातर्फका ४०० मिटर र १०० मिटरका दौडहरु सम्पन्न भएका छन् भने फुटबल छात्रतर्फ क्वार्टर फाइनल खेलका समीकरणहरु पूरा भएका छन् । प्राध्यापक सञ्जय मरासिनीको संयोजकत्वमा भएको छात्रा भलिबलतर्फ आशिका लामिछानेको समूह प्रथम र दिया तामाङको समूह द्वितीय भएका छन् ।

यसैगरी प्राध्यापक विष्णु बस्यालको संयोजकत्वमा सञ्चालन भएको ४०० मिटरको दौडमा छात्रतर्फ आकाश राना प्रथम, कपिल चिडी द्वितीय र सागर राना तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र निशा ठकुरी तृतीय भएका छन् । यसैगरी १०० मिटरका दौडमा छात्रतर्फ आकाश राना प्रथम,विवश रसाइली द्वितीय र सरिन घर्ती तृतीय भएका छन् भने छात्रातर्फ फिवी राना प्रथम, कविता चौधरी द्वितीय र सुजिता भट्टराई तृतीय भएका छन् । यसैगरी भोलि मङ्गलबार सटपुट, छात्रतर्फ भलिबल, छात्रा ब्याडमिन्टन र छात्र बास्केटबल, छात्र फुटबलका सेमीफाइनल र फाइनल खेलहरु सञ्चालन हुने कुरा शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित