


संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती लुम्बिनी आएका छन्। मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका उनले साँझ मायादेवि मन्दिरको दर्शन गरेका छन।
किराँतीले मन्दिर परिसरमा दीप प्रज्जवलन गरेर मन्दिरभित्र रहेको मार्कन स्टोन, अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचा र शान्तिदिप क्षेत्रको जानकारी तथा अवलोकन गरे।
सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनि र बुद्वका बारेमा मन्त्रीलाई जानकारी गराएका थिए।
मन्त्री किराँतीले कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरूबाट लुम्बिनीमा भईरहेका काम र बुद्व जन्मस्थलको ईतिहास, पर्यटकका लागि दिईने सुविधाका बारेमा चासो राखेका थिए।
अवलोकनमा क्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तय सहित पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो।