चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्                
समाचार :

सिद्धबाबा मन्दीरको अध्यक्षमा सन्तोष कुमार शेरचन

बुटवल । सिद्दबाबा मन्दीर विकास समिति तिनाउ ३ पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । समितिले आज शनिबार आयोजना गरेको सिद्दबाबा मन्दिर बिकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमबाट सन्तोष कुमार शेरचनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा अमर प्रधान, सचिवमा अरबिन्द पाण्डे, सहसचिवमा दुर्गा थापा, कोषाध्यक्षमा कुमारी खड्का ,सदस्यहरुमा लक्ष्मी प्रसाद बस्याल,तोया लम्साल,जगबहादुर क्षेत्री ,दुर्गा थापा ,रिमीसरा दर्लामी,कृष्ण पाण्डे,पदम गाहा, गोपाल बस्याल रहेका छन् ।
त्यस्तै पदेन सदस्यमा वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर थापा,मन्दिरका मूल पुरोहित नारायण घिमिरे रहेका छन् । पहिलो कार्यसमिति बैठकले थप दुईजना सदस्य थप गरिने नवनिर्वाचित अध्यक्ष शेरचनले जानकारी दिए ।
यस अघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिनाउ गाउपालिकाका ३ पाल्पाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा मन्दिर सबैको साझा सम्पत्ती भएको बताए ।
श्रेष्ठले मन्दिरको सबैमिलेर संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समय मन्दिरको प्रचारप्रसार भएकाले भक्तजनको संख्यामा बृद्धि भएको बताए । पालिकाको तर्फबाट सधै मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
तिनाउ पालिकाका उपाध्यक्ष लालबहादुर थापाले मन्दिरको बिकासका लागी मन्दीरमा आउने ब्यक्तिहरुलाई यहाँ बास बसाल्ने गरि कार्ययोजना गराउन अनुरोध गरे ।
तिनाउ गाउलापिकाका प्रवक्ता यादव प्रसाद अर्यालले २०५४ सालदेखि सिद्दबाबा मन्दिर संग नजिक रहेको बताउदै विभिन्न समस्या आउछन् त्यस्ता समस्याहरु समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए ।
समितिका पुर्ब अध्यक्ष महेन्द्र पाण्डेले सिद्दबाबाको महिमा बढाउन गरेको प्रयास सार्थक भएको बताए। कार्यक्रममा सिद्दबाबाको महिमा र गरिमा समेटिएको धार्मिक पर्यटकीय गन्तब्य सिद्ध्पुरुष भतृहरि तथा आदिमानव रामपिथेकस विशेषाङक पुस्तक सिद्धबाबा २०७९ बिमोचन गरिएको थियो ।
पुस्तकको कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बिमोचन गरेका थिए । पुस्तकमा बिभिन्न क्षेत्रका जानकार लेखकहरुले सिद्धबाबाको महिमा ऐतिहासीक महत्व आगामी योजना यो भन्दा अगाडी गरेका कार्यकहरुका बोरमा लेखहरु समेटिएको छ ।
कार्यक्रममा आफ्नो कार्यकालमा गरेका कार्यहरु समेटिएको अध्यक्षको प्रतिवेदन अध्यक्ष दलबहादुर गुरुङले र आय ब्यय समेटिएको कोषाध्यक्षको प्रतिबेदन कोषाध्यक्ष दुर्गा बहादुर थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्राध्यापक हुमाकान्त पाण्डेले यसको महिमा बढाउन सबैको उत्तीकै भुमिका रहने बताए। कार्यक्रममा नेकपा एमालेका तिनाउ गाउपालिकाका प्रतिनिधि राम बहादुर थापा , माओबादी केन्द्रका तिनाउ गाउपालिका प्रतिनीधि राजेश श्रेष्ठ, नेपाली कांग्रेस तिनाउपालिकाका सभापति प्रेम पाण्डे लागायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा पुस ९ गते रेडियो मुक्ती बुटवलले आयोजना गरको फुटसल कार्यक्रममा दोस्रो हुन सफल तिनाउका महिला समुहलाई मायाको चिनो र सल ओडाएर संमान गरिएको थियो । उद्घाटन सत्रको कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षता , उपाध्यक्ष सन्तोषकुमार शरेचनको स्वागत र सचीव अमर प्रधानको संचालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार