युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

लुम्बिनीमा चढाइएका मुद्रा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर किन राखियो ?

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरुले श्रद्धापुर्वक दानपेटिकामा चढाउने भेटि लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ ।
कोषले मायांदेवी मन्दिर भित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट वर्षेनी झण्डै चार करोड रुपैयां भेटि वापतको आम्दानी गर्छ ।
सोहि आम्दानीबाटै कर्मचारीको तलब भत्ता र अन्य व्यवस्थापनको काम गर्दै आएको छ । तर, कतिपय मुलुकका पर्यटकहरुले दानपेटिकामा चढाएको झण्डै १ करोड १८ लाख नेपाली रकम बराबरका विदेशी मुद्रा भने सटही नएपछि बाकसमा थन्किएका छन् । विभिन्न मुलुकबाट आउने पर्यटकहरुले आफ्नै देशका मुद्रा दान पेटिकामा चढाउने गरेपछि त्यस्ता मुद्रा वर्षौंदेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ ।
नेपाल राष्ट्र बैंकमा २० वटा मुलुकका मात्र मुद्रा सटही हुने भएकोले बांकि मुलुकका मुद्राहरु विकासकोषले यत्तिकै बाकसमा पोको पारेर राखेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले नेपाली १ करोड १७ लाख ९५ हजार ९६६ रुपैयां बराबरका विदेशी मुद्रा सटही नभएपछि यत्तिकै राखिएको बताए ।
सटही नभई वर्षौदेखि प्लाष्टिकमा पोको पारेर राख्दा कतिपय मुद्राहरु फाट्ने र झुत्रा बन्दै गएका छन् । २०७२ साल पहिलेपनि नेपालमा सटही नहुने मुद्राहरु दानपेटिकामा संकलन हुने गरेपनि ति मुद्राहरुको बारेमा भने विकासकोषमा कुनै रेकर्ड राखिएको छैन ।
कोषाध्यक्ष भट्टराईले नेपाल राष्ट्रबैंकले यहां रहेका मुद्रा सटहीको लागि पहल गर्न सके लुम्बिनीको लागि महत्वपूर्ण श्रोत बन्न सक्ने बताए ।
दानपेटिकाबाट संकलित मुद्रामध्ये सबै भन्दा धेरै म्यानमारका ७३ लाख ४८ हजार १५८ नेपाली रुपैया बराबरको ११ करोड ८० लाख ७९ हजार २५० क्याट सटही नभई यत्तिकै थन्किएको छ । त्यस्तै ओमन, श्रीलंका, पेरु, भियतनाम, इण्डोनेसिया, कम्बोडिया, भुटान, मंगोलिया, बंगलादेश, लाओस, पाकिस्तान, मेक्सिको, अर्जेन्टिना, फिलिपिन्स, अफगानिस्तान लगायत ३९ देशका मुद्रा रहेका छन् ।
नेपाल राष्ट्र बैंकमा २० वटा देश बाहेकका मुद्राहरु सटही गर्ने व्यवस्था नभए पनि विकास कोषले भने हरेक पटक दान पेटिकामा संकलन भएका मुद्रा गणना गर्दै राख्ने गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित