कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु

लुम्बिनी । भगवान गौतमबुद्धको सन्देश सहित शुक्रबारदेखि तीन दिने लुम्बिनीदेखि कुशिनगरसम्मको साईकल यात्रा शुरु भएको छ ।

 बौद्ध  परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीबाट  साईकल यात्रा शुुरु भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले साईकलयात्राको शुुभारम्भ गरेका हुन ।

उक्त अवसरमा बोल्दै कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले लुम्बिनीदेखि कुशिनगरसम्म बुुद्धको सन्देश बोकेर साईकल यात्रा गरिनुु निकै सकरात्मक रहेको बताए । उनले भगवान बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे ।
साईकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरि योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए ।

साईकल अभियानकर्मी,बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरि ७० जनाको टोलीले शुक्रबारदेखि आईतबारसम्म तीन दिन साईकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुुले जानकारी दिईन । पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधना सहित जन्मस्थाल लुम्बिनीबाट शुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुुगेर समापन गरिने उनले बताईन ।

साईकल यात्रा शुुभारम्भका अवसरमा नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले भगवान बुुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साईकल यात्रा शुरु गर्न पाएकोमा खुशि व्यक्त गर्दै लुम्बिनीमा पनि साईकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे ।

शुुभारम्भमा प्राध्यापक डा. तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुुष्पराज शास्त्रीले साईकल यात्राहरु अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साईकल यात्रा भएकाले उत्साही भएको बताए ।

साईकल यात्रामा पहिलो दिन शुुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्मको यात्रा हुनेछ । त्यस्तै दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुुगेर बास बस्ने र तेस्रो दिन आईतबार महारजगञ्जबाट कुशिनगरमा पुुगेर समापन गरिने कार्यतालिका रहेको छ । साईकल यात्रीहरुले यात्रा शुरु गर्नुअघि मायादेवी मन्दिर अगाडि ध्यान गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार