भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

देवदह माविको ३९औं वार्षिकोत्सव: छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता

देवदह । देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।
नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले अझै पनि छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेकाले त्यसलाई हटाउंदै जानुपर्ने बताइन् ।
विद्यालय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरज खरेललले केही बर्षमै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्ने बताए । विद्यालयको स्वामित्वमा रहेको ११ बिघा जग्गाको गुरुयोजना बनाएर भविष्यमा नगरपालिकाकै नमुना विद्यालय बनाउने गरी आफूले मेहनत गरेको अधयक्ष खरेलले बताए । विद्यार्थीलाई दिवा खाजाका लागि दिइने १५ रुपैयाँ ज्यादै कम भएकोले बढाउन, टिनको छानामा फल्ससिलिङ राख्न, शान्ति सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गर्नमा नगरपालिकाले सहयोग गर्नुपर्ने अध्यक्ष खरेलले माग गरे ।
कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वार्टरका पृतनपति यम ढकाल, नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल,नगर शिक्षा अधिकारी टिकाराम शर्मा,देवदह आदर्श क्याम्पसका प्रमुख मित्रलाल शर्मा,एमाले जिल्ला सदस्य प्रकाश अर्याल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उमाकान्त अधिकारी, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, शिक्षिका इन्दिरा अर्याल,शिक्षक हरि पाण्डे, टिका अधिकारी लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।
सो अवसरमा उत्कृष्ट शिक्षक शिव पौडेल र दुर्गा पन्थी तथा कर्मचारी रामु गैरेलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित