बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक माघ २० गते बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।

प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन। गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले २८ गते २ जना मन्त्रीसहित शपथ लिएका थिए तर ती २ मन्त्री पनि अहिलेसम्म विनाविभागीय रहेका छन्। प्रदेशमा अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ। यसअघिको प्रदेशमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री थिए। अब मुख्यमन्त्रीसहित १० जनामात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित