अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक माघ २० गते बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनियम ९३० बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ।

प्रदेश सरकार विस्तारमा ढिलाइ भएको छ। मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दासमेत सरकार विस्तार भएको छैन। गत पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले २८ गते २ जना मन्त्रीसहित शपथ लिएका थिए तर ती २ मन्त्री पनि अहिलेसम्म विनाविभागीय रहेका छन्। प्रदेशमा अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ। यसअघिको प्रदेशमा ४ राज्यमन्त्री गरी १७ जना मन्त्री थिए। अब मुख्यमन्त्रीसहित १० जनामात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार