आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाको अध्यक्षमा रञ्जिता भण्डारी मतदाताले गोकर्णलाई भन्छन्, ‘बाआमाको जस्तै छातीभरि हजुरको तस्विर छ’ रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा                
समाचार :

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते प्रथम उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको हो । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाका समान मुद्धा र समान संरचनामा भइगरेका कामको आद्रान प्रदान गर्ने, साझा समस्याहरुको समधानमा एकिकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले सम्मेलनमा उपमहानगरपालिकाले गरेका असल सिकाईको समेत अनुभव आद्रान प्रदान गर्ने बताईन । सम्मेलनमा देशका ११ वटा उपमहानगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको सहभागिता हुनेछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने उद्घाटन सत्रमा भने रुपन्देहीका सवै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सरकारी कर्मचारी सहित ५ सय जनाको सहभागिता हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानाकारी दिए । आन्तारिक छलफल उपमहानगरपालिकाको सभा हलमा हुने र माघ २२ गते दिउंसो ३ बजे बुटवल घोषणापत्र जारी गर्दै सम्मेलनको समापन हुने उनको भनाई छ । सम्मेलनको सवै खर्च बुटवल उपमहानगरपालिकाले व्यहोर्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित