बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने

बुटवलमा उपमहानगरपालिकाहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको आयोजनामा माघ २१ र २२ गते प्रथम उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको हो । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाका समान मुद्धा र समान संरचनामा भइगरेका कामको आद्रान प्रदान गर्ने, साझा समस्याहरुको समधानमा एकिकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्य सहित सम्मेलनको आयोजना गरिएको बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले सम्मेलनमा उपमहानगरपालिकाले गरेका असल सिकाईको समेत अनुभव आद्रान प्रदान गर्ने बताईन । सम्मेलनमा देशका ११ वटा उपमहानगरपालिका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको सहभागिता हुनेछ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने उद्घाटन सत्रमा भने रुपन्देहीका सवै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सरकारी कर्मचारी सहित ५ सय जनाको सहभागिता हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले जानाकारी दिए । आन्तारिक छलफल उपमहानगरपालिकाको सभा हलमा हुने र माघ २२ गते दिउंसो ३ बजे बुटवल घोषणापत्र जारी गर्दै सम्मेलनको समापन हुने उनको भनाई छ । सम्मेलनको सवै खर्च बुटवल उपमहानगरपालिकाले व्यहोर्ने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित