बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

यो कस्तो चलखेल ! दुर्घटनामा ‘नक्कली चालक’ बनाउने प्रयास

ट्याक्टर दुर्घटना गराएको नक्कली चालक खडा गराएर जेल पठाउने तयारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले सवारी धनीलाई पक्राउ गरेको छ । यस्तै, दुर्घटना गराउने ट्याक्टर चालक र नक्कली चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ‘नक्कली चालक’ भन्सार कुमाल, चालक बगनासकाली गाउँपालिका–६, का १९ वर्षीय थमनबहादुर थापा र सवारी धनी रम्भा गाउँपालिका–१, हुँगीका ४१ वर्षीय डिल्लीराम अर्याललाई पक्राउ गरेको हो । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा ट्याक्टर दुर्घटना हुँदा रम्भा गाउँपालिका–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको थियो ।

ट्याक्टर दुर्घटनामा सवारी धनीले रामपुर नगरपालिका–१०, गेझाका ३४ वर्षीय भन्सार कुमाललाई चालकका रुपमा तयार पारेर प्रहरीकोमा प्रस्तुत गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीहरुलाई पक्राउ गरिएको पाल्पा प्रहरीले बताएको छ । घटनामा सवारी धनी अर्यालले नक्कली चालक कुमाललाई आर्थिक प्रलोभन देखाएर चालक बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जनाए ।

‘कुमाललाई नक्कली चालक बनाएर अर्यालले नगद १ लाख दिने सहमति गरेका थिए । उनलाई पेस्की स्वरुप २५ हजार दिइसकेको अनुसन्धानका क्रममा खुलेको छ’, थापाले भने । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत पाल्पाबाट म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ । चालकको चालक अनुमति पत्र नभएपछि नक्कली खडा गर्ने प्रयास गरिएको बुझिएको छ ।

चालक अनुमति पत्र नै नभएका व्यक्तिले चलाएको सवारीको दुर्घटनाबाट कसैको ज्यान गएमा यातायात व्यवस्था ऐन २०४९ अनुसार कम्तीमा ३ वर्षदेखि जन्म कैदसम्मको सजाय हुने कानुनी व्यवस्था छ । सजायँबाट जोगिन उनीहरुले नक्कली चालक खडा गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित