घामबाट बिजुली सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ६ वर्षमा प्रवेश, १ लाख ८० हजारले लिए स्वास्थ्य सेवा रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकल नै जलेर नष्ट गुल्मीमा विद्युतको तारबाट खरबारीमा लागेको आगोले घर जलायो तराईमा गर्मी उस्तै, लुम्बिनी प्रदेशमा हावाहुरीको चेतावनी ९० लाखको लगानीमा पाल्पा नुवाकाेटमा खुल्याे नुवाकोटगढी रिसोर्ट शान्ती समाज द्वारा दिप प्रज्वलन (फोटो फिचर) रुपन्देहीको मोर्डन स्कुलको बार्षिक उत्सव भब्य सेमलारमा इन्डो–नेपाल मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता बुटवलले ल्यायो नेपालीसहित थारु, मगर र नेपाल भाषामा नागरिक बडापत्र                
समाचार :

सामूहिकको स्थापना दिवसको अबसरमा गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–३ शंकरनगरको २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माको भएको कार्यक्रममा जम्मा ४० युनिट रगत संकलन भएको थियो । रक्त सञ्चार सेवा केन्द्र वुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा एवं यस क्षेत्रका विभिन्न स्थानीय क्लवहरुको सहयोगमा सम्पन्न भएको कार्यक्रममा धेरैपटक रक्तदान गर्ने पूर्णचन्द्र सुवेदी (७५ औं पटक) तथा पुरुषोत्तम आचार्य (१८ औं पटक) लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्मा र सचिव मिनप्रसाद पोख्रेलले पनि मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार चूडामणि खरेल, खुमाकान्त पौडेल सञ्चालक समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष बर्माले संस्थाले नियमित रुपमा यस्ता सामाजिक कार्यक्रमको आयोजना गर्दै आईरहेकोमा कार्यक्रम सफल वनाउनका लागि सहयोग पुर्याएकोमा सहयोगी संस्थाहरु लगायत रक्त सञ्चार सेवा केन्द्र वुटवललाई धन्यवाद व्यक्त गरेका थिए । २०५० साल माघ १७ गते २६ जना शेयर सदस्य र जम्मा रु २६ सय शेयर पुँजी संकलन गरी शुरुवात भएको यो सहकारीमा हाल करीव १० हजार शेयर सदस्य तथा ३ अर्व १५ करोड वासलात रहेको संस्थाका सूचना अधिकारी इश्वरी मरासिनीले जानकारी दिए । लुम्विनी प्रदेशमा कारोवारको हिसावले सवैभन्दा ठूलो सहकारीको रुपमा परिचित यस सहकारी संस्थाले सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार