लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव मंसिर १४ गतेदेखि दाेस्राे क्यानन ए साइड फुटबल प्रतियाेगिता हुने बस्तीबीचमा पेट्रोलियम डिपो, आगलागीको जोखिम एमबीबीएस र इन्जिनियरिङ पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई मणिमुकुन्द कलेजको सम्मान जगदम्बा मोटर्सद्वारा टिभिएसका दुई बाइक बुटवलमा सार्वजनिक सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित                
समाचार :

धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिनहुदैन – लोकानन्द स्वामी

तिलोत्तमा । धर्म कर्तव्य र अनुशासन भएकाले यसलाई पालन गर्नुपर्ने एक धर्म सभामा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले धर्म पहिचान, अस्तित्व र जीवनको आधार भएकाले यसलाई परिवर्तन गर्न नमिल्ने हुंदा धर्मलाई आडम्बर र अन्धविश्वासका रुपमा लिन नहुने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ स्थित सामुदायिक शिव पञ्चाङ्ग मन्दिरको पाचौं धर्म सभा तथा तेस्रो अधिबेशनमा धार्मिक प्रवचन दिदै मुक्तिनाथ धाम नयाँगाउँका पिठाधीश लोकानन्द सरस्वती जी महाराजले धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु जस्ता सद्गुणहरू नै धर्म भएको बताए ।

उनंले मानवका लागि धर्म आफ्नो परिचय, अस्तित्व र स्वाभिमान पनि भएकाले धर्म नहुँदा मानव मानव नभएर दानव हुनेहुंदा मानव मानव नै हुन धर्म चाहिने बताए ।

कार्यक्रममा मन्दिर समितिका अध्यक्ष केशरी पाण्डेले मन्दिरका २४३ सदस्य मध्ये २ जना प्रमुख संरक्षक, २ जना संरक्षक, ४८ जना विशिष्ट सदस्य र १९१ जना आजीवन सदस्य रहेका जानकारी गराए । उनले मन्दिरमा अखण्ड दिप प्रज्वलनका साथै बडा दशैं, शिवरात्री, श्री स्वस्थानी तथा अन्य विभिन्न धार्मिक पर्वहरुमा विशेष पूजाआजा हुने गरेको र दैनिक पूजाआजाका लागि पण्डितको ब्यवस्थासंगै मन्दिरको सुरक्षाका लागि डिङ्गरनगर दूरगामी सहकारी संस्थाको सहयोगमा सीसीटिभी जडान गरिएको बताए ।

कार्यक्रममा मन्दिरका प्रमुख संरक्षक घनश्याम तिवारी, पत्रकार खिमानन्द भट्टराई, मुक्तिनाथ धामका पण्डित कृष्ण गोपाल पाण्डे, समाजसेवी ढालवहादुर कार्की, मोतिलाल भण्डारी, श्रृङ्गेश्वर धामका चिन्तामणि ज्ञवाली, युवा ब्यवसायी राजेन्द्र न्यौपाने, मन्दिरका सचिव रामबहादुर थापा, ओम ज्ञवालीलगायतले आआफ्ना भनाई राखेका थिए ।

मन्दिरका अध्यक्ष केशरी पाण्डेको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष गुरुदत्त पौडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।

मन्दिरमा नयाँ नेतृत्व चयन

मन्दिरको तेस्रो अधिवेशनले भरत भुसालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति र विभिन्न उपसमिति गठन गरेको छ । मन्दिर समितिको उपाध्यक्षमा शुभकुमारी पौडेल, सचिवमा टोपलाल खनाल र कोषाध्यक्षमा बावुराम पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा विष्णु पाण्डे, गोमाकुमारी जि सी, कमला गैरे, भगवती अर्याल, ज्ञानु अर्याल, भेषराज भुसाल, राधा पराजुली, रुपा शर्मा र विष्णु क्षेत्री रहेका छन् ।

यस्तै अधिवेशनले शालिकराम वस्ती संयोजक तथा पार्वती पौडेल र कमला जिसी सदस्य रहेको लेखा समिति तथा विष्णु आचार्य, पार्वती अर्याल र कुमारी पद्मा शाही सदस्य रहेको पुजा समिति चयन गरेको छ ।

सांस्कृतिक तथा भजन कृतनकालागि केशव ज्ञवाली, घनश्याम ज्ञवाली, भगवती वेलवासे, गुरुदत्त पौडेल, विना पराजुली, कृष्ण घिमिरे, कमला पाण्डे, लिलावती पोख्रेल रहेको भजन कृतन समिति तथा अनिश ढकाल, ओमप्रकाश पाण्डे, आयुष पन्थी, समिर पोख्रेल, गौतम ज्ञवाली, आयुष्मा पन्थी र दिप पाण्डे सदस्य रहेको युवा तथा वाल भजन समिति गठन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित