सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको आयोजना गरेको हो ।

सोही सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले नेपालको राजनीतिमा अमेरिका हस्तक्षेप बढेको बताउनुभएको छ ।नेपालको संसदबाट एमसीसी पास भएसंगै नेपालको राजनीतिमा अमेरिकाको हस्तक्षेप बढेको दावी गरेका छन् ।

चीनका विरुद्व लड्न नेपालको भूमि प्रयोगका लागि अमेरिकाले विकासको नाममा एमसीसी संसदबाट पास गराएको उल्लेख गर्दै अब अमेरिकाले एसपीपी परियोजना पास गराउने दाउमा रहेको बताए ।

भारतका विरुद्व लड्न अमेरिकाले नेपालमा आफु अनुकुलको सत्ता चलाउन खोजेको नेता पोखरेलले दावी गर्दै भने – भारत र अमेरिकाको हस्तक्षेपबाट नेपाललाई जोगाउन आमराष्ट्रवादी नेपाली सचेत हुनुपर्छ ।

उनले संघीयता नेपालको लागि ठिक नभएको बताउंदै भारतको इसारामा ल्याईएको संघीयता असफल भैसकेको बताए ।

नेपाल जस्तो सानो र अल्पविकसित देश नेपालको आर्थिक अवस्थाले संघीयता धान्न नसक्ने दावी गरे ।

संघीयताका कारण देश आर्थिक र राष्ट्रियताको हिसावले कमजोर भैसकेको बताउंदै संघीयता खारेज नहुंदासम्म देशले निकास पाउन नसक्ने दावी गरे ।

उनले नेपालको नागरिकता नीति कठोर हुनुपर्ने बताउंदै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण भएकाले नेपाली अल्पमतमा पर्ने बताए ।

लुम्बिनी प्रदेश सांसद तारा थापाले मुलुकको राष्ट्रियताप्रति सत्तासनि दलहरु गमभीर नदेखिएको बताइन । उनले आफुलाई ठला भन्ने एमाले, माओवादी, कांगे्रस, राजावादी र जातीबादीहरुबाट गणतन्त्र खतरामा रहेको दावी गरिन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमले मुलुकको राष्ट्रियता र स्वाभिमान बचाउन आमनेपाली नागरिक सचेत हुनुको अर्को कुनै विकल्प नभएको बताए ।

इन्द्रिरा ज्ञवालीको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा बुटवलमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित