रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

नेपालको भु–बनोटका लागि लाइट गेज स्टिल फ्रेमिङनै उपयुक्त हुन्छ- ईन्जिनियर

नेपालको भू–वनोटका हिसावले लाइट गेज स्टिल फ्रेमिङको प्रयोग गरेर घर निर्माण गर्नुनै अहिलेको आवश्यकता भएको सरोकारवालाले बताएका छन । नेपाल भुकम्पको उच्च जोखिममा रहेकाले भुकम्प प्रतिरोधी तथा भुकम्प गएका वेलामा कम क्षति पुर्यायने संरचना निर्माण गर्नुको अहिलको विकल्प नभएको समेत सरोकारवालाको जोड छ ।
एलजीएसएफएसको प्रयोग र उपयोगबारे जानकारी दिन नेपाल इन्जिनियरिङ एशोसियशन नेपाल लुम्विनी प्रदेश र आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्राली बांसगढी रुपन्देहीले संयुक्त रुपमा शनिबार आयोजना गरेको कार्यक्रममा सहभागि भएका ईन्जिनियर तथा आर्केटेकले नयाँ घर बनाउदा एलजीएसएफएस प्रविधीनै उपयुक्त भएको बताएका हुन ।
न्युजिल्याण्डका एलजीएसएफएस विज्ञ लेन्स फ्रेन्सिज करीले कम लगानीमा सुविधा सम्पन्न भवनका लागि यो प्रविधीको विकास गरिएको बताए । नेपाल जस्तो मुलुकका लागि वातावरणमैत्री तथा भुकम्प प्रतिरोधी प्रविधीबाट भवन निर्माणको विकल्प नभएको करीको जोड थियो ।
अहिलेसम्म विश्वका ८५ वटा देशमा विद्यालय, हस्पिटल, ब्यवसायिक तथा आवासिय भवन निर्माण सम्पन्न गरि सकेको बताउंदै उनले एलजीएसएफएस नेपालका लागि धेरै उपयोगि भएको बताए । कार्यक्रममा आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्राली बांसगढी रुपन्देहीका प्राविधिक निर्देशक इन्जिनियर सृष्टि गुरुङले नेपालमा पहिलो पटक यो प्रविधी भित्राएको बताउदै खिया, कम लाग्ने, मजबुद, हल्का, भुकम्प प्रतिरोधी, प्रि–ईन्जिनिरिङ, आगो प्रतिरोधी, अब्बल इन्सुलेशन र वातावरणमैत्री भएको बताए । नेपालका धेरैजसो प्रयटकीय स्थलमा यसको प्रयोगका बारेमा गृहकार्य भई रहेको गुरुङले जानकारी दिए ।


नेपाल इन्जिनियरिङ एशोसियशन नेपाल लुम्विनी प्रदेशका अध्यक्ष शैलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी २२ नम्बर बाहिनीपति नवराज गुरुङले नेपालको परिभेष सुहाउदो प्रविधी लाइट गेज स्टिल फ्रेमिङको विकल्प नभएको बताए ।
कार्यक्रममा नेपाल ईन्जिनियरिङ एशोसियशन लुम्विनीका पुर्व अध्यक्ष टंक कण्डेलले लगानी र समय दुवैको बचतका लागि लाइट गेज स्टिल फ्रेमिङ नेपालीका लागि धेरै राम्रो प्रविधी भएको उल्लेखगर्दै यसलाई अझ प्रस्कृत र परिमार्जन गर्दै लैजानु पर्ने तर्क राखे ।


आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रालीका प्रवन्ध निर्देशक सोनाली गुरुङको संचालनमा भएको कार्यक्रममा सलुशनका संस्थापक इन्जिनियर रोजेन्द्र सिंह गुरुङ, नेपाल ईन्जिनियरिङ एशोसियशन लुम्विनीका पुर्व अध्यक्ष दुजेन्द्र बस्नेत, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आर्किटेक दिपक भट्टराई, इन्जिनियर जीवन आचार्य, आईटी स्टिल स्ट्रक्चर सलुसन्सका कार्यकारी निर्देशक डा.शिल्पी गुरुङ बुटवल उपमहानगरका नक्शा प्रमुख सोमनाथ अधिकारी, सिद्धार्थ केवल कारका निर्देशक केयरसिंह खड्का लगायतले कम मुल्यमा भुकम्प प्रतिरोधी, वातावरणमैत्री र मजबुद भवन निर्माणका लागि लाइट गेज स्टिल फ्रेमिङ राम्रो प्रविधी सावित हुने बताए ।
बुटवलका तीन दिदीबहिनी सृष्टि गुरुङ, सोनाली गुरुङ र डा. शिल्पी गुरुङले संचालन गरेको आईटी स्टिल स्ट्रक्चर सलुसन्स प्रालीले नेपालमै पहिलो प्रविधीका रुपमा लाइट गेज स्टिल फ्रेमिङ भित्राएको कार्यक्रममा बताइएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार