प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

कर्मचारी संगठनको केन्द्रीय बैठक रुपन्देहीमा

बुटवल । नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय समिति बैठक रुपन्देहीमा हुने भएको छ । निजामती कर्मचारीका हकहित र समसामयिक सवालमा छलफल गर्न संगठनले यही माघ २७ र २८ गते रुपन्देहीमा केन्द्रीय कार्य समितीको वैठक गर्ने भएको हो ।
संगठन रुपन्देहीका अध्यक्ष प्रेम प्रसाद खनालले दिएको जानकारी अनुसार संगठनको केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीमा बस्ने गरी तयारी भएको छ । दुई दिन बस्ने वैठकको पुर्व सन्ध्यामा माघ २६ गते संगठनको सचिवालय वैठक समेत बस्ने गरी संगठनको केन्द्रीय पदाधिकारीको वैठकबाट निर्णय भएको बताईएको छ ।
नेकपा एमाले निकट मानिने उक्त संगठनको वैठकमा सहभागी हुन १६८ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्यका साथै विभिन्न आयोगका संयोजक एवं सम्पूर्ण प्रदेश कमिटीका अध्यक्षहरु रुपन्देही आउन लागेको संगठनका केन्द्रीय सदस्य एवं रुपनन्देही ईन्चार्ज नारायण प्रसाद भण्डारीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित