रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

‘चर्को घरभाडा र बैंक व्याजले व्यवसाय पलायन बढ्यो’

बुटवल । आर्थिक मन्दीसंगै चर्को घरभाडा र बैंक व्याजका कारण बुटवलमा व्यवसाय पलायन बढेको जनाइएको छ । वजारमा देखिएको संकटको समयमा समाधान गर्ने विषयमा राज्यले ध्यान नदिएमा व्यवसाय पलायन अझ बढ्ने र त्यसको प्रत्यक्ष असर राज्यको राजश्व संकलनमा पर्ने चेतावनी सो क्षेत्रका अगुवाहरुले दिएका छन् । उनीहरुले स्थानिय सरकारहरुले राजश्व संकलनमा मात्र ध्यान दिएर कर उठाउने कुरालाई प्राथमिकतामा राखेमा आर्थिक संकट झेलेका व्यवसायीहरु पसल बन्द गरेर जाने र वजार विस्थापित हुने जनाएका छन् ।
रुपन्देही व्यापार संघले शुक्रवार बुटवलमा आयोजना गरेको घर वहाल सम्बन्धी अन्तरक्रियामा बोल्ने व्यवसायीहरुले पछिल्लो समयमा आएको आर्थिक संकटका कारण व्यवसाय ७० प्रतिशतले घटेको र व्यवसायीहरुले घर भाडा तिर्न नसक्ने अवस्था आएपछि सटर बन्द गर्न बाध्य भएको अवगत गराएका थिए ।
उनीहरुले पछिल्लो एक सातामा बुटवल वजार क्षेत्रमा दैनिक रुपमा करिव एक सय वटा सटरहरु खाली हुने गरेको तथ्याङ्क राख्दै यसबाट बुटवलको वजार विस्थापन हुने खतरा बढेर गएको जनाएका थिए ।
कार्यक्रममा खस्कदो व्यापारलाई बचाउन र पसल सञ्चालन गर्ने अवस्था सिर्जना गर्न चर्को घरभाडा र बैंक व्याजलाई कम गर्नेतर्फ दवाव सिर्जना गरिएन भने धेरै व्यवसायीहरुले आत्महत्याको बाटो रोज्ने खतरा बढेको गुनासो गरिएको थियो ।
बुटवलमा संस्थागत रुपमा सटर भाडामा लगाएका संस्थाबाट र बुटवल उप महानगरपालिकाबाट प्रतिनिधिमुलक रुपमा सहभागीता गराइएको कार्यक्रममा बढ्दो आर्थिक संकटबाट व्यवसायलाई बचाउने उपायको खोजी गर्न स्थानिय सरकारले सर्वपक्षिय छलफलको आयोजना आग्रह गरिएको थियो । त्यस अवसरमा नगरभित्र रहेका व्यवसायी पसलहरु बन्द भएमा नगरपालिकाको राजश्व संकलनमा समेत असर पर्ने हुदा यसमा स्थानिय सरकार जिम्मेवार बन्न सुझाव दिइएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले जनताको विकासको चाहाना र आवश्यक्तालाई पुरा गर्ने दायित्वमा स्थानिय सरकार कटिवद्ध रहेको र त्यसका लागि राजश्व संकलनमा कडाई गरिने तर आर्थिक संकटका बेलामा व्यवसायीहरुको हित विपरित गएर काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले संकटको वेला व्यवसायीलाई कहा सहयोग गर्न सकिन्छ, त्यस विषयमा सामुयिक छलफल गरेर बाटाहरु खोज्न आग्रह गरे ।
कार्यक्रममा कालिका माविका अध्यक्ष नित्यानन्द ज्ञवालीले बुटवलको वजार र बुटवलका व्यवसायीहरुलाई बचाउने दायित्व बुटवल उपमहानगरपालिकाको रहेको उल्लेख गर्दै अहिले राजश्व बढाउने भन्दा पनि जिवन बाच्ने आधार तयार गर्ने अवस्था आएको प्रति सचेत गराए । उनले नगरपालिकाले लिने घरवहाल करमा छुट दिएर भएपनि वजारको विस्थापन बचाउनु पर्ने बताए ।
ज्ञानोदय माविका अध्यक्ष रामबहादुर कार्किले अहिले जनता चुनावमा गरेका विकास बाचाभन्दा पनि दैनिक जिवन जिउने र व्यवसायलाई सहज सञ्चालन कसरी गर्ने भन्ने चिन्तामा रहेको हुदा त्यसको सम्बोधनमा लाग्न सुझाव दिए ।
रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले कार्यक्रमको औचित्य र विषयबस्तु राख्दै चर्को घरभाडा र बैंकको व्याजले व्यवसाय गर्न नसकिने अवस्था आएपछि व्यवसायीहरु सटरमा ताला लगाएर पलायन हुनु परेको बताए ।
यहि अवस्था चैत्रसम्म रहेमा बुटवलका ७० प्रतिशत पसल सटर बन्द हुने कुराको चित्रण दैनिक रुपमा संघमा आएका गुनासाले गरेको जनाकारी गराए । उनले संस्थागत रुपमा भाडामा लगाइएका सटरको भाडा घटाउन र नगरपालिकालाई घरभाडामा करमा केहि छुट दिन आग्रह गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष दिपक अधिकारी, कोषाध्यक्ष नमदेव पाण्डे, सहसचिव फर्सुराम पन्त, सहकोषाध्यक्ष मणी खनाल, रक्त संचार केन्द्रकी राधा शर्मा, उजिरसिंह माविका अध्यक्ष प्रेमकुमार श्रेष्ठ, वलेश्वरराम गणेशमान धर्मशालाका प्रमुख इश्वरी ज्ञवाली लगायतले बोलेका थिए ।
कार्यक्रम संघका अध्यक्ष कृष्णप्रसाद घिमिेरको अध्यक्षता तथा महासचिव दयानिधि भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार