सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

सरस्वती पुजामा तिलोत्तमा–६ द्वारा विद्यालयलाई इरिक्सा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ ।

बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा अध्यक्ष गणेश पाठक र वडा सदस्यहरुले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामीलाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् । सुनौलो बस्ती , गोरकट्टा , कुञ्जलापुर को पश्चिम क्षेत्र टाढा टाढा बाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने नगरप्रमुख रामकृष्ण खाणले बताए ।

विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि आफुहरु सकारात्मक रहेको र योजना बद्ध रुपमा अगाडी बढेको नगरप्रमुख खाणले बताए । टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको तिलोत्तमा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारी साधनले सहयोग पुग्ने जनाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित