ग्रामीण विकास लघुवित्तको मर्जर वैधानिक रुपन्देही फेशन रनवे-२०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीलाई उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण                
समाचार :

आज सरस्वती पूजा, देशभर विद्याकी देवी पूजा आराधना गरिँदै (तस्वीरहरु)

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।

यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ ।

सरस्वतीलाई चढाइएको सात गेँडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको हो ।


यसैबीच बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयले पनि सरास्वती पुजा तथा अक्षराम्भ गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको उपस्थितीमा विद्यालयमा सरास्वतीको पुजा तथा अक्षराम्भ सम्पन्न भएको हो । अक्सफोर्ड विद्यालयले आज अक्षराम्भ गराउने विद्यार्थीलाई भर्नामा छुट समेत दिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित