बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

रुपन्देहीमा ८ लाख ६० हजार बराबरको सुनचाँदी राखेको सेफ नै चोरी

बुटवल । रुपन्देहीको कन्चन गाउपालिका वडा नं ५ गरगरेमा संचालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ चोरी भएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार मध्यरातमा पसलको सटर फोरेर सेफ चोरी भएको हो । पसलधनी लालबहादुर बिश्वकर्माका अनुसार सेफमा ८ लाख बराबरको सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेका छन् ।

दुई सय पचास किलो भन्दा बढी वजन रहेको सेफ चोरी हुदा न त स्थानीयले थाहा पाए , न सीसीटिभी क्यामरमा कतै कैद भयो । कन्चन गाउपालिकाले बजार क्षेत्रमा सिसिटिभी राखेको भएपनि कुनै पनि चालु अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरिक्षक जगतनाथ मरासिनिले बताए ।

उनका अनुसार चोरी भएको ठाउँदेखि चार सय मिटर पश्चिम कपिलवस्तु जाने बाटोको कुलामा चाँदीको पाउजु र गहना राख्ने टेरे फेला परेको छ । प्रहरीले सर्च अभियान जारी राखेको जनाएको छ ।

यता सुनचादी ब्यबसायी संघ रुपन्देहीका महासचिब सिताराम रसाइलीले एक बिज्ञप्ती जारी गर्दै सुन पसलबाट सेफ नै चोरी हुनुले सिंगो सुनचाँदी ब्यबसायी आतंकित भएको उल्लेख गरेका छन । उनले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी चोरी भएको सुनचाँदी यथाशीघ्र बरामद गर्न माग गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार