लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै पाल्पामा घाँटी रेटेर युवतीको विभत्स हत्या                
समाचार :

लुम्बिनी प्रादेशिक अस्पतालमा यसरी हुँदैछ अस्पतालको फोहोर व्यवस्थापन

दैनिक झन्डै एक हजार २ सय बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतलबाट दैनिक ६ सय केजी फोहोर संकलन हुन्छ । त्यसमध्ये २५ प्रतिशत फोहोर संक्रमणयुक्त हुन्छ; त्यसमा सुई, सिरिन्ज, उपकरण, बिरामीको खकार, रगतलगायत पर्दछन् । अस्पतालले त्यही फोहोरलाई निर्मलीकरण गर्ने गरेको हो ।

अस्पतालकी हाउस किपिङ अधिकृत गीता ज्ञवालीका अनुसार अस्पतालजन्य फोहोरलाई १ सय २१ डिग्री सेन्टिग्रेड तापक्रममा आधा घण्टा मसिनमा राखिन्छ । यसबाट फोहोरमा भएका सबै किसिमका किटाणुहरू मर्ने गर्छन् ।

किटाणु मरेपछि संक्रमण नहुने भएकाले उक्त फोहोरलाई उपमहानगरले व्यवस्थापन गर्ने अन्य फोहोरसरह व्यवस्थापन गरिन्छ ।

‘फोहोर व्यवस्थापनमा निर्मलीकरण विधि अपनाएको अस्पतालले फोहोर संकलनदेखि नै सावधानी अपनाउने गरेको छ,’ अस्पतालकी हाउसकिपिङ अधिकृत ज्ञवालीले भनिन्, ‘जसअनुसार रगतजन्य तथा संक्रमीत फोहोर रातो बाल्टीमा हरियोमा कुहिने र निलोमा प्लास्टिकजन्य, कागज एवं नकुहिने फोहोर जम्मा गरिन्छ । फोहोरको प्रकृति हेरेर निर्मलीकरण गरिन्छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालले केही वर्षअघिसम्म अस्पतालजन्य फोहोर अन्य सरह फाल्ने गर्दथ्यो । निर्मलीकरण नगरेको फोहोर भन्दै उपमहानगरपालिकाले संकलन गर्न छाडेपछि अस्पताल परिसरमै फोहोर जलाउन थालेको थियो ।

तर, बिरामी उपचारका लागि आउने स्थान र बस्ती नजिकै रहेको अस्पताल परिसरमा फोहोर जलाउँदा संक्रमण बढेको र प्रदूषण फैलिएको गुनासो बढेपछि २ वर्षयता फोहोर व्यवस्थापनमा निर्मलीकरण विधि अपनाएको हो । फोहोरलाई सङ्क्रमणमुक्त गर्न अस्पतालमा तीन वटा मेसिन जडान गरिएको छ ।

प्रतिमसिन २५ लाख ८८ हजार रुपैयाँ पर्ने २ वटा मेसिन अस्पताल आफैँले किनेको हो । एउटा जीटीजेटको अनुदानमा किनिएको हो । प्रत्येक मेसिनको २ सय केजी फोहोर निर्मलीकरण गर्ने क्षमता छ ।

अस्पतालका मेडिकल सुपरिटेन्ट डा. इन्द्र ढकालले फोहोरबाट संक्रमण बढाउन नदिन सबैखाले फोहोर प्रशोधन र व्यवस्थापन अस्पताल आफैँले गर्ने तयारी गरेको बताए । ‘स्वास्थ्य मन्त्रालयले २ करोड रुपैयाँ बराबरको उपकरण दिने बताएको छ । उक्त उपकरण आएपछि सबैखाले फोहोर आफैँले व्यवस्थापन थाल्नेछौं‚’ उनले भने ।

चिकित्सकहरूका अनुसार अस्पतालजन्य तथा बिरामीहरूको उपचारमा प्रयोग गरिएका फोहोरको निर्मलीकरण नगरी फालिए त्यसले वातावरण प्रदूषण हुने मात्र होइन त्यसबाट मानिस र जीवजन्तुमाथि समेत संक्रामक रोगहरू लाग्ने गर्छन् ।

वरिष्ठ फिजिसियन डा. नन्दुप्रसाद पाठकले अस्पतालजन्य फोहोरमा बिरामीको रगत, खकार तथा त्यससँग छोइएका सिरिन्ज, उपकरण, औजार र प्लास्टिक हुने भएकाले त्यसबाट मानिसमा सजिलै संक्रमण सर्ने बताए ।

‘अस्पतालजन्य फोहोरबाट परजीवीजन्य, छालाजन्य, हेपाटाइटिस बीलगायत संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘त्यसबाट सबैभन्दा बढी मानिस नै संक्रमित हुन्छन् ।’

स्वास्थ्य निर्देशिकाले सबै अस्पताललाई अस्पतालजन्य फोहोर निर्मलीकरण गरेर मात्रै व्यवस्थापन गर्न निर्देशन दिएको छ । यसो नगर्ने अस्पतालको वार्षिक नवीकरणसमेत रोक्न सक्ने उल्लेख छ । तर, देशका अधिकांश अस्पतालले आफैँ अस्पतालजन्य तथा बिरामीहरूको उपचारमा प्रयोग गरिएका फोहोरलाई सही व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

यसबाट प्रदूषण मात्र होइन समुदायमा संक्रमण हुने डरसमेत बढेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले यस्तोमा लुम्बिनी प्रादेशिक अस्पतालले गरेको निर्मलीकरणलाई सबै अस्पतालले अनुसरण गर्न जरुरी रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार