निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

पाँचौं लाफा ब्याडमिन्टनकाे उपाधि आयोजकका विवेक र मनोजलाई , भेट्रान्सकाे उपाधि बुटबल ब्याडमिन्टन क्लबको पोल्टामा

बुटबल। पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी आयोजक लाफा समूहका विवेक न्याैपाने र मनोज फौदारले उचालेका छन । आईतबार सम्पन्न मेन्स डबल वि लेबलकाे फाइनलमा आयोजकका न्याैपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएका छन् ।

उपाधी सँगै उनीहरूले नगद ४० हजार ,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो हुन सफल रायमाझी र गुरुङकाे जोडीले २५ हजार नगद प्राप्त गरे । यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पाैडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीहरूलाई पनि नगद १० हजार प्रदान् गरिएको थियो ।

यस्तै ,भेट्रान्स मेन्स डबल प्रतियोगिता तर्फको उपाधी भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडी हरुले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोक कुमार भुषालकाे जोडीले तनहुँका कमल राना र खुम गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै भेट्रान्सकाे उपाधी आफ्नो पोल्टामा पारेका हुन् । उनिहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उप विजेता तनहूँका खेलाडीहरुले नगद १५ हजार ५ सय मा चित्त बुझाए ।

यस्तै भेट्रान्स तर्फ सेमीफाइनलमा पुग्न सफल वसन्त र महेश बज्राचार्यकाे जोडी र मन बाहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृत्ट खेलाडी चुनिए भने उदयमान खेलाडीको उपाधि दानिस कुरेसिलाइ प्रदान् गरिएको थियो । बुटवल उपमहानगर पलिकाकाे मुख्य प्रायोजन र लुम्बिनी प्रदेस खेलकुद विकास परिषद् काे सह प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान्स तर्फ ३२ टीम र खुल्ला मेन्स डबल तर्फ ६४ टीमकाे सहभागिता रहेकाे थियो ।

कार्यक्रममा विजयी खेलाडिहरूलाई प्रदेस खेलकुद बिकास परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराई, वार्ड अध्यक्ष यज्ञ प्रसाद पंगेनी, प्रदीप श्रेष्ठ, क्लब का अध्यक्ष बबिन थापा , संस्थापक अध्यक्ष तारासिंह रेश्मी मगर, संरक्षक वासुदेव लामिछाने लगायतले पुरस्कार बितरण गरेका थिए । कुल १० लाख खर्चकाे अनुमान गरिएको प्रतियोगीतामा विभिन्न देश तथा विदेश बाट सहयोग गर्ने सहयोगी दाताहरूलाई पनि सम्मान गरिएको प्रतिगिताका संयोजक ज्ञानु सारुले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले लाफा क्लवले खेलकूद सङ्गै सामाजिक र सांस्कृतिक कार्यक्रमलाइ पनि प्राथमिकता दिएकोमा क्लबको प्रशंसा गरेका थिए । कार्यक्रमकाे सञ्चालन लाफा समुहका सचिव टिप रानाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित