लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पाँचौं लाफा ब्याडमिन्टनकाे उपाधि आयोजकका विवेक र मनोजलाई , भेट्रान्सकाे उपाधि बुटबल ब्याडमिन्टन क्लबको पोल्टामा

बुटबल। पाँचौं लाफा / प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी आयोजक लाफा समूहका विवेक न्याैपाने र मनोज फौदारले उचालेका छन । आईतबार सम्पन्न मेन्स डबल वि लेबलकाे फाइनलमा आयोजकका न्याैपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएका छन् ।

उपाधी सँगै उनीहरूले नगद ४० हजार ,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो हुन सफल रायमाझी र गुरुङकाे जोडीले २५ हजार नगद प्राप्त गरे । यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पाैडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीहरूलाई पनि नगद १० हजार प्रदान् गरिएको थियो ।

यस्तै ,भेट्रान्स मेन्स डबल प्रतियोगिता तर्फको उपाधी भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडी हरुले जित्न सफल भएका छन् । बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोक कुमार भुषालकाे जोडीले तनहुँका कमल राना र खुम गुरुङकाे जोडीलाई सोझो २-० काे सेटमा पराजित गर्दै भेट्रान्सकाे उपाधी आफ्नो पोल्टामा पारेका हुन् । उनिहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उप विजेता तनहूँका खेलाडीहरुले नगद १५ हजार ५ सय मा चित्त बुझाए ।

यस्तै भेट्रान्स तर्फ सेमीफाइनलमा पुग्न सफल वसन्त र महेश बज्राचार्यकाे जोडी र मन बाहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृत्ट खेलाडी चुनिए भने उदयमान खेलाडीको उपाधि दानिस कुरेसिलाइ प्रदान् गरिएको थियो । बुटवल उपमहानगर पलिकाकाे मुख्य प्रायोजन र लुम्बिनी प्रदेस खेलकुद विकास परिषद् काे सह प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान्स तर्फ ३२ टीम र खुल्ला मेन्स डबल तर्फ ६४ टीमकाे सहभागिता रहेकाे थियो ।

कार्यक्रममा विजयी खेलाडिहरूलाई प्रदेस खेलकुद बिकास परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराई, वार्ड अध्यक्ष यज्ञ प्रसाद पंगेनी, प्रदीप श्रेष्ठ, क्लब का अध्यक्ष बबिन थापा , संस्थापक अध्यक्ष तारासिंह रेश्मी मगर, संरक्षक वासुदेव लामिछाने लगायतले पुरस्कार बितरण गरेका थिए । कुल १० लाख खर्चकाे अनुमान गरिएको प्रतियोगीतामा विभिन्न देश तथा विदेश बाट सहयोग गर्ने सहयोगी दाताहरूलाई पनि सम्मान गरिएको प्रतिगिताका संयोजक ज्ञानु सारुले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले लाफा क्लवले खेलकूद सङ्गै सामाजिक र सांस्कृतिक कार्यक्रमलाइ पनि प्राथमिकता दिएकोमा क्लबको प्रशंसा गरेका थिए । कार्यक्रमकाे सञ्चालन लाफा समुहका सचिव टिप रानाले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित