तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सियारीमा युवा प्रतिभाहरुको खोजी

रुपन्देही । रुपन्देही जिल्ला स्तरीय युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम अन्तरगत भएको कार्यक्रममा सियारी ७ अमुवाका सुजन पौडेल प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट भएका छन् ।
सियारी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा प्रथम हुदै प्रदेश स्तरीय कार्यक्रमका लागि छनौट भएका हुन । प्रतियोगितामा सियारी ३ का निरङकर भुज द्धतिय हुनु भएको छ भने सियारी ५ का सञ्जय मुराउ तृतिय भए ।
कार्यक्रममा सहभागिताका लागि रुपन्देहीका सबै स्थानिय पालिका, क्याम्पस, स्कुल तथा १६ देखि ४० बर्ष उमेर समुहका युवायुवतीले भाग लिन सक्ने गरी सियारी गाउँपालिकाले सुचना जारी गरी युवाहरुको नयाँ नयाँ प्रतिभाको खोजी गरेको थियो ।
युवाहरुको प्रतिभाहरुको खोजी गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सियारी, सुद्धोधन र बुटवलका ७ जना युवा, युवतीले भाग लिएका थिए । कार्यक्रममा भाग लिएका युवायुवतीले आफुले तयार गरेको नवप्रवर्तनात्मक विचार, प्रबिधिको प्रदर्शनी तथा प्रस्तुतीकरण गरेका थिए ।
१६ देखि ४० वर्ष उमेर समूहका युवा लक्षित सशर्त कार्यक्रम अन्तरगत युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्वन्धी कार्यप्रकृया २०७८ अनुसार युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण गर्न राष्ट्रिय युवा परिषदले सियारी गाउँपालिकालाई छनौट गरेको थियो ।
प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गरेका प्रतियोगिले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख सुधिर पौडेलले जानकारी दिए ।
सियारीमा भएको युवा प्रतिभाहरुको खोजी कार्यक्रमले युवायुवतिको प्रतिभाले सियारीको बिकासमा थप टेवा पु¥याउने गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले सियारी भित्रका युवाहरुले आबिस्कार गरेका प्रबिधिको बिकास, बिस्तार र प्रचार प्रसारमा पालिकाले हालेमालो गर्ने बताए ।
गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुलाई प्रतिभावान बन्न आग्रह गर्दै प्रतिभा भएका व्यक्ति अवसरबाट बञ्चित हुन नपर्ने बताए । उनले सियारीले आयोजना गरेको उक्त कार्यक्रमले युवाहरुको प्रतिभा पहिचानमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित