मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

२८५९ औँ सोनाम ल्होछारमा बुटवलमा निकालियो झाँकीसहितको र्‍याली (फोटो फिचर)

बुटवल: २८५९औँ सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ वेषभूषा र पहिचानसहितको झाँकी निकालेको छ। यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो वर्गलाई स्वागत गरेको रूपमा नयाँ वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मुख्य दिनमा आइतबार सोनाम ल्होछार मनाइएको हो।

पुष्पलाल पार्कमा दीप प्रज्वलन गरी शान्तिपद यात्रा सुरु भएका थियो। र्‍याली दीपनगरस्थित तामाङ समुदायको पूजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको जिल्ला अध्यक्ष राजेश घिसिङले बताए।

विसं २०५८ सालमा स्थापना भई तामाङ जातिलाई एकताबद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको उनले दावी गरे। ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, वेषभूषा संरक्षणका लागि विविध कार्यक्रमहरू गर्दै आएको छौ’, उनले भने।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य वीरबहादुर लामाले सबै जातिको आ-आफनै इतिहास भएको भन्दै त्यसमा पनि तामाङहरू उत्कृष्ट र वैज्ञानिक संस्कृति, रीतिरिवाज अपनाउने जातिमा पर्ने दावी गरे।

नेपालमा २०१३ सालमा संस्थागत रूपमा देशभर संगठित भएर काम भएको उनले बताए।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष वीरमान लामाले रुपन्देहीमा सानो सङ्ख्यामा रहेका तामाङहरूबाट जातीय पहिचानसँगै सामाजिक कामहरू गर्दै आएको बताए।

मन्जुश्रीले उपत्यका बस्तीलाई बस्न योग्य बनाउँदादेखि नै तामाङ काठमाडौं वरपर बसोबास गर्दै आएको हुँदा पनि उनीहरूको पहिचान बेग्लै छ। नेपालका नौ वटा जिल्लामा तामाङहरू धेरै सङ्ख्यामा बसोबास गर्दै आएको उनले बताए।

तामाङहरूको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरू हुँदै आएको उनले बताए। नेपालमा तामाङहरू १६० भन्दा बढी थरहरू भएको र तिनले तीन प्रकारको भाषा बोल्ने उनले बताए।

देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरू छरिएर रहेका छन्। रुपन्देहीमा दुई हजार तीन सय जनसङ्ख्या रहेको अनुमान गरिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित