३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ ।
एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।
शनिबार भएका छात्रछात्राका आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् । शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २–० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २–१ हराएर सेमिफाईनलमा प्रवेश गरेको हो । यस्तै न्यु होराइजनले नहरपुर माविलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । उनले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिए ।
प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०/२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिनुभयो । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित