लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ ।
एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको हो ।

शनिबार सम्पन्न क्वाटरफाईनलबाट छात्र–छात्राका चार–चार समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईनलमा प्रवेश गरेका समुहबीच आइतबार बिहान हुने खेलपछि फाईनल चरणका खेलहरु दिउसो हुने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिए ।
शनिबार भएका छात्रछात्राका आठ खेलबाट सेमिफाईनलका लागि चार–चार समुह प्रवेश गरेका हुन् । शनिबार प्रतियोगितामा छात्रतर्फ मणिमुकुन्दले दीपलाई २–० ले पराजित गरेको छ भने सेन्टजोसेफले एभरेष्टलाई २–१ हराएर सेमिफाईनलमा प्रवेश गरेको हो । यस्तै न्यु होराइजनले नहरपुर माविलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । त्यसैगरी छात्रातर्फ एभरेष्टले इन्भारमेन्टलाई २–० ले, दीपले कान्तिलाई २–० ले, न्यु होराइजनले सेन्ट जोसेफलाई २–० ले र कुँवरवर्तीले नवज्योतिलाई २–० ले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको भलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए । उनले आइतबार सेमिफाईनलका र सेमिफाईनलपछिका फाईनल खेल हुने जानकारी दिए ।
प्रतियोगितामा छात्रछात्रातर्फनै विजयी हुनेले २०/२० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्ने विद्यालयका शिक्षक माधव पौडेलले जानकारी दिनुभयो । यसैगरि उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा तृतिय टिमलाई नगद १० हजार रुपैया, रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा छात्रतर्फ १९ र छात्रातर्फ १० टिमले भाग लिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित