लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जिल्ला स्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई

बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ ।
शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४–० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १९ संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

उपाधि विजेता सेन्ट जोसेफले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता बनेको सिद्धार्थ बोडिङले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो । विजयी टिमलाई हिसानका केन्द्रीय सल्लाहकार परिषदका निर्देशक प्रा.डा।.आर.सी आचार्य, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, खेलसंयोजक लक्ष्मण अर्यालले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका आचार्यले हिसानले विद्यालय तहबाट खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रम हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा हिसानका सचिव बाबुराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित