३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

जिल्ला स्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई

बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ ।
शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४–० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १९ संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

उपाधि विजेता सेन्ट जोसेफले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता बनेको सिद्धार्थ बोडिङले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो । विजयी टिमलाई हिसानका केन्द्रीय सल्लाहकार परिषदका निर्देशक प्रा.डा।.आर.सी आचार्य, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, खेलसंयोजक लक्ष्मण अर्यालले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका आचार्यले हिसानले विद्यालय तहबाट खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रम हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा हिसानका सचिव बाबुराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित