कालिकानगरमा वलीले सञ्चालनमा ल्याए एसआर स्पोर्टर्स ट्रेडस बुटवलमा अंग्रेज हराएको खुशीयालीमा मनाइयो विजय उत्सव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा, सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भु-भागमा पानी पर्ने बुटवलमा सैनिक फिल्ड अस्पतालको समुद्‍घाटन आज जितगढी उत्सव, अंग्रेजलाई जितेको दिन लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा समृद्धि सेलोनको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर                
समाचार :

पेट्रोलियम पदार्थको मूल्यमा राजनीति नगर्न व्यवसायीको माग

पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियशनको ८ औ अधिबेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको शुक्रबार पदस्थापन गरिएको छ । एशोसियशनका नव निर्वाचित अध्यक्ष हिमाल गैरे सहित उनको निर्वाचित टिमलाई पदस्थापन गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिले सपथग्रहणसँगै शुक्रबारदेखि नै पदभार ग्रहण गरेको छ । नवनिर्वाचित अध्यक्षलाई निर्वाचन आयुक्त पत्रकार खिमानन्द भट्टराईले सपथ ग्रहण गराउँदै पदस्थापन गराएका थिए भने निर्वाचित पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष गैरेले सपथ खुवाउँदै पदस्थापन गराएका थिए । कार्यक्रममा निवर्तमान बनेका प्रेम न्यौपानेले नव निर्वाचित अध्यक्ष गैरेलाई एशोसिएशनको अध्यक्षको पिन लगाइदिएका थिए ।

गत पुस १४ गते सम्पन्न साधारणसभाले गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । एशोसिएशनको वरिष्ठ उपाध्यक्षमा योगेन्द्र गुप्ता, प्रथम उपाध्यक्षमा रजनीश राज आचार्य, द्वितीय उपाध्यक्षमा गोपालप्रसाद बस्याल, महासचिवमा हरिराम कसौधन निर्वाचित भएका छन् ।

त्यस्तै सस्थाको कोषाध्यक्षमा विशाल गैरे, सचिवमा डासिराम अधिकारी, सहकोषाध्यक्षमा लोकप्रसाद भुसाल, सहसचिवमा घनश्यामप्रसाद कान्दु निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा दुर्गाप्रसाद चापागाई, भतरजङ्ग कुँवर, सुखराम बर्मा सोनार, प्रदिपकुमार कानोडिया, विजयकुमार जयसवाल, नारायणबहादुर विष्ट, सुनिल थापा, दिनेशकुमार कसौधन, मोहम्मद अस्लाम खान निर्वाचित भएका थिए ।

त्यस्तै अध्यक्ष हिमाल गैरेले दुईजना सदस्यमा दिनेश न्यौपाने र मकवुल मियालाई मनोनीत गरेका छन् । एशोसिएशनको जिल्ला प्रतिनिधि सदस्यमा रुपन्देहीबाट अभिषेक भारी, नवलपरासीबाट राजेशकुमार गुप्ता, कपिलबस्तुबाट ढुण्डिराज अधिकारी, अर्घाखाँची–गुल्मीबाट कृष्णप्रसाद भुसाल, पाल्पा–स्याङ्जाबाट ज्ञानप्रसाद भट्टराई सहित लेखा समितिको संयोजक बृजेन्द्रकुमार कसौधन तथा सदस्यहरुमा नवराज भट्टराई र विष्णुप्रसाद यादवलाई पद तथा गोपनियताको सपथग्हण गराएर पदभार हस्तान्तरण गरिएको निर्वाचन आयुक्त खिमानन्द भट्टराईले जानकारी दिए ।

पदस्थापन समारोहमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले पेट्रोलियम पदार्थको गुणस्तरीयता र परिमाणमा उपभोक्ताको हितलाई ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका राष्ट्रिय अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताए । ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु हो भनेर राज्यले छुट्याउनुपर्छ । राजनीतिक वस्तुको रुपमा प्रयोग गर्ने हो भने अनुदान दिनुपर्छ, आर्थिक वस्तुको रुपमा मान्ने हो भने यसमा राजनीतिकरण हुदैन’, उनले भने ।

लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएको भन्दै यसको कारोबारमा व्यवसायीहरु संवेदनशील बन्नुपर्ने बताए । उपभोक्ताबाट प्रश्न उठ्ने गरी काम नगर्न पनि उनले पेट्रोलियम व्यवसायीहरुलाई आग्रह गरे ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय महासचिव विश्वाज अर्यालले पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रुपमा हेर्न नहुने बताए । उनले डिजेलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रुपमा प्रयोग नहुनेमा जोड दिए ।

त्यस अवसरमा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष टंक पोखरेल, नापतौल कार्यालयका प्रमुख शम्भुकुमार झा, नेपाल आयल निगम लुम्बिनी प्रदेश कार्यालय प्रमुख जगदीशचन्द्र यादव, एशोसिएशनका संस्थापक अध्यक्ष राजेन्द्र गुप्ता, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पश्चिमाञ्चल ट्यांकर समितिका अध्यक्ष राकेश कसौधन, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवनिर्वाचित अध्यक्ष हिमाल गैरे, निवर्तमान अध्यक्ष प्रेम न्यौपाने, महासचिव मनोज भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष एमके मियालाई मरणोप्रान्त सम्मान गर्दै उनकी धर्मपत्नी जैतुन मियालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार