तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’

बुटवल।
लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् ।

उनले अपाङ्गता भएका समुदायलाई समाजको मुलधारमा ल्याउनको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुको विकल्प नभएको भन्दै उनले सबै जना मिलेर रोजगारी सृजना गरी सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने बताएका हुन ।फाउन्ड परियोजना, द ल्याप्रोसी मिसन नेपाल बुटवल कलस्टरको आयोजनामा बुटवलमा ‘सरोकालवालाहरु सग समन्वय तथा सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम’मा बोल्दै प्रदेश सभा सदस्य पन्थीले उक्त कुरा बताएका हुन ।

परियोजना बुटवल कलस्टरका राधा भट्राईका अनुसार कार्यक्रममा सिद्धार्थनर नगरपालिका भैरहवाका उप मेयर उमा अधिकारी, तिलोत्तमा नरपालिकाका उप मेयर जागेश्वर देवी चौधरी, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सावित्रा घिमिरे, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी सहित विभिन्न उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
द ल्याप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा देशभर फाउन्ड परियोजना चलिरहेको छ । कार्यक्रममा फाउन्ड परियोजनाका निर्देशक चिरन्जीवि शर्मा, बुटवल कलष्टर प्रमुख रामदयाल यादव , फाउन्डका सल्लाहकार गुणानीधी तिवारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

अपाङ्गता भएका व्याक्ति र कुष्टप्रभावितहरुको क्षेत्रमा रोजगारी सृजनाका लागि फाउन्ड परियोजनाले काम गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित