लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

प्रथम बटौली ५ हजार मिटर अन्तर मावि दौडमा छात्र र छात्रा दुवैमा कालिका खेलाडि विजयी

नेपाल खेलकुद महासंघ बुटवल नगरकमिटिको आयोजनामा भएको प्रथम बटौली, ५००० मिटर अन्तर माबि स्तरिय दौड प्रतियोगिता २०७९ को छात्र र छात्रा तर्फ दुवैमा कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रथम भएका छन् । छात्र तर्फ कालिका मानवज्ञान स्कुलका कक्षा ११ मा अध्यानरत लेख बहादुर झेडी प्रथम भए भने छात्रा तर्फ पनि कक्षा ११ मा अध्यानरत रक्षा थापा श्रीस प्रथम भईन । त्यसैगरी छात्र द्धिर्ति गार्गी एकेडेमीका समिर रुचाल तथा तृतिय नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका दिपक वि.क. भए ।
छात्रा तर्फ भने द्धितिय नविन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयकी ललिता पाण्डे तथा तृतिय दिप बोडिङ स्कुलकी पुष्पा बुढामगर भईन । बुटवलको योगिकुटीबाट सुरु भएको दौड प्रतियोगिता मिलनचोक हुंदै पुन सोही स्थानमा आएर पुरा भएको थियो । विजयी विद्यार्थीहरुलाई नेपाल खेलकुद महासंघ बुटवल उपमहानगर कमिटिका अध्यक्ष त्रिभुवन पाण्डे, कार्यक्रम संयोजक प्रवेश आचार्य र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवम बुटवल उपमहानगर ईन्चार्ज गोपाल रानाले नगद सहित सम्मान गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्ता खेल प्रतियोगिताले खेलाडिमा भएको क्षमता निखारिनुका साथै खेलाडिहरुको आत्मबल बृद्धि हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित