भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

रुपन्देहीका तत्कालीन नापी अधिकृत दुवेसहित ४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवेसहित ४ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा दायर मुद्दामा दुवे र सर्भेक्षक ठाकुरप्रसाद गुरौसमेत ४ जनाले सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

उनीहरुले रुपन्देही जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको अख्तियारको दाबी छ ।

बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई दुबे र गुरौलाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको भन्दै उनीहरुलाई पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित