रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

सुस्ता अभियन्ता गुरुङको उपचारमा रकम अभाव

सहयोग जुटाउन थालियो अभियान


सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ ।

नवलपरासी र बुटवलका समाजसेवी र स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् ।

भारतद्धारा पटक पटक अतिक्रमणमा पर्दै आएको नवलपरासीको सुस्ताको भूमिलाई फिर्ता गर्न र अतिक्रमण रोक्नका लागि गुरुङले स्थानीयवासी सम्मिलित समिति बनाएर अभियान सञ्चालन गर्दै आएका छन् ।

विगत २४ वर्षदेखि अभियान सञ्चालन गरेका ६२ वर्षिय गुरुङको मष्तिष्क घात भई भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै परिवारजनले गरेको सहयोगको याचनासहितको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि उनको उपचारमा चासो देखाइएको हो ।

उनको उपचारका लागि सहयोग जुटाउन नवलपरासीमा नागरिक समाज परासीका पूर्वअध्यक्ष शम्भु उपाध्यायको अगुवाईमा ‘ गोपाल गुरुङ बचाउ अभियान’ सञ्चालन गरिएको छ ।

अभियान टोलीमा लिटिल एञ्जेल्सका प्राचार्य सुमन गोपाल आचार्य, पत्रकार हरि शर्मा, व्यवसायी सन्दिप अग्रहरी र परासी हेल्पिङ हेण्डका संयोजक सञ्जय शर्मा सम्मिलित ५ जना छन् ।

अभियानले गुरुङको उपचारमा सहयोग गर्न विभिन्न संघसंस्था, व्यापारीलगायत सबैमा आग्रह गरेको छ । नेपाली भूमि रक्षाका लागि ज्यानको बाजी लगाएर लड्दै आएका गुरुङको उपचारमा राज्यले पहल नगरेपछि अभियान सञ्चालन गरिएको हो उपाध्यायले बताए ।

यसैबीच गुरुङको उपचारका लागि बुटवलमा पनि सहयोग जुटाउन थालिएको छ । लिट्स कलेज बुटवलका प्रमुख बसन्तराज खनाल, लेखक तथा साहित्यकार दलबहादुर गुरुङ र पत्रकार श्याम पोखरेलको अगुवाईमा सहयोग रकम संकलन गर्न थालिएको हो ।

अहिलेसम्म उनको उपचारका लागि बुटवलबाट ३६ हजारबढी संकलन भएको छ ।

सहयोग उपलब्ध गराउनेमा लिट्स कलेजले १५ हजार, सिद्धबाबा मन्दिर विकास समिति पाल्पाले १५ हजार , बुटवलका स्थानीय लोकनाथ भुसालले ५ हजारसहित केही सहयोगी दाताले उपचारमा रकम उपलब्ध गराएको खनालले बताए ।

दुवै जिल्लाका अगुवाहरुले गुरुङको उपचारमा सहयोग रकम उपलब्धका लागि उनकी छोरी पसन्त गुरुङको प्राइम सिल्भर सेभिङमा रहेको खाता नं. १७२०००२१ ‘पिई’ मा जम्मा गर्न आग्रह गरेका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङले सुस्ता अतिक्रमणविरुद्ध आवाज उठाउन थालेपछि भारतीय सुरक्षाकर्मीले झुठा मुद्दा लगाएर एक वर्ष जेल पठाएका थिए ।

२०६२ सालबाट एसएसबीको उक्साहटमा भारतीय नागरिक पठाएर अतिक्रमणलाई तिव्रता दिएपछि गुरुङले सोही वर्षदेखि सुस्ता बचाउ अभियान सञ्चालन गर्दै सरकारलाई अतिक्रमण रोक्न र कब्जा गरिएको जग्गा फिर्ताको मागसहित दबाब दिदैं आएका छन् ।

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भन्दै आएको छ ।

जसका कारण नेपाली भूमि भएर पनि भोगचलन गर्न नपाइएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार