युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

घर लिलामीमा बुहारी र बैंक कर्मचारीको मिलेमतो भएको आरोप

आफ्नै सुसुराको नाममा रहेको घर लिलामी गराउन बुहारीले बैंकका कर्मचारीसंग मिलेमतो गरेको बुटवल–१४ बेलभरियाका एक व्यक्तिले गुनासो गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल बेलबास शाखाका ऋणी खेमराज शर्मा (नेपाल) ले किस्ता र ब्याज तिरिरहेको अवस्थामा बैंकले घर लिलामी गरेर आफुलाई घर न घाटको बनाउन लागेको गुनासो गरे । नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो एक करोड बढी पर्ने घरलाई आफ्नै बुहारी अस्मिताको स्वार्थका लागि उनले बैंक कर्मचारीसंग मिलेर लिलामी गराएको गुनासो गरे ।

लिलामी प्रकृयामा पनि गोप्य शिलबन्दी बोलपत्रको मान्यता उल्लंघन गरी बैंक कर्मचारीले तीन बजेसम्म बोलपत्र बुझाउनुपर्नेमा तीन बजेपछि बुझेको र आफ्नो बोलपत्र रकमबारे अर्को पक्षलाई जानकारी गराएर बढी रकमको बोलपत्र हाल्न लगाई लिलामी गराउन खोजेको गुनासो गरे । ‘मेरो घर लिलामीमा आफ्नै बुहारी अस्मिताले बैंकका कर्मचारीको चाहना अनुसार सहमति जनाइन्’–पत्रकार सम्मेलनमा खेमराजले भने–‘लिलामी प्रकृया गलत भयो भनेर नेपाल राष्ट्र बैंकमा पनि निवेदन दिएको छु, ममाथि परिवारकै सदस्यले अन्याय गरे ।’

बैंकले लिलामीको अन्तिम सूचना पुस १९ गते सात दिने सुचना प्रकाशित गरेको थियो । सूचना अनुसार बोलकवुल गर्ने रकमको १० प्रतिशत रकम गोप्य शिलबन्दी गरी धरौटी जम्मा गर्न भनेको थियो । उक्त लिलामीको सूचना अनुसार खेमराजले गोप्य शिलबन्दीको लागि चेक बैंकमा ५ लाख ७० हजारको चेक लगेर दिएपनि बैंकका कर्मचारीले खोलेर, भौचरमा नै रकम उल्लेख गरिदिएको र त्यो रकम अरुलाई देखाएर आफ्नो मान्छेलाई लिलामी पार्ने ठुलो चलखेल गरेको शर्माले दावी गरे ।

खेमराजको बेलबासमा रहेको कित्ता नं १६८ र १३८ मा बनेको घर जग्गा बैंकले लिलामीका लागि सूचना निकालेको थियो । पिडित नेपालले आफ्नो घरजग्गालाई जसरी पनि लिलामी पार्ने योजनावद्ध जाल रचेको भन्दै न्यायका लागि अपिल गरेका छन् । ‘मैले पौने ३ बजे शिलबन्दी बोलपत्र बुझाएं पछि त्यो शिलवबन्दी बैंकको ब्रान्च म्यानेजरले प्रमाणित गर्नुपर्छ भनेर खोलेर हेरेर रकम समेत लेखी सहि छाप गरिदिए । अनि पछि मेरो रकम हेरेर उनै म्यानेजरले मैले राखेको रकममा १० हजार बढि राखी अर्को व्यक्तिलाई बोलपत्र राख्न लगाए । यो सरासर योजनाबद्ध हो’ – पत्रकार सम्मेलनमा उनले भने ।

साथै उनले कार्यालय समयमा आफ्नो मात्र बोलपत्र परेको भएपनि कार्यालय समय पछाडि दोस्रो व्यक्तिको बोलपत्र दर्ता गरेको भन्दै बैंकको सिसिटीभि फुटेज हेर्न पाउनुपर्ने माग राखे ।
जेठ ९ गते बैंकले ३५ दिने म्याद निकालेको र त्यसपछि असोजमा आफुले किस्ता र व्याज सवै दिएको, कार्तिकमा पनि सवै व्याज तिरेको आवस्थामा मंसिरमा भने बैंकले ओभरड्राफ्ट (ओडि) को बहानामा व्याज रकम नबुझि पुसमा लिलामीको सूचना निकालेको उनको भनाई छ ।
उनले सिटिजन बैंकबाट आफ्नै बुहारीका फेन्सी पसलका लागि भनेर घरजग्गा राखी ४० लाख रुपैया ऋण लिएका थिए । पछि उक्त फेन्सी बुहारीले आफ्नो नाममा गराएको र छोरा बुहारीको ऋणको किस्ता र व्याज तिर्नुपर्दा आफु सडकमा आउनुपर्ने वाध्यता आएको उनले बताए ।
छोराले तिर्नुपर्ने ऋण बापतको रकम ५७ लाख अदालतले समेत तिर्न आदेश गरेपनि छोराले पैसा नतिरेको र बुहारिले आफ्नो सम्पत्ती हड्प्न बैंक म्यानेजरसंग मिलेर योजनाबद्ध रुपमा घरजग्गा लिलामीमा चलखेल गरेको उनले बताए ।
बुटवल वडा नं. १४ का वडाध्यक्ष दधिराम न्यौपानेले पनि घटना विवरणहरुको अध्ययन गर्दा खेमराज नेपाल अन्यायमा परेका देखिएको बताए ।
सिटजिन्स बैंक यन्टरनेसनल लुम्बिनी प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठले बैंकले नेपाल राष्ट्र बैंकको निति निर्देशन अनुसार नै घर लिलामी प्रकृया अघि बढाएको तर घरायसी विवादका कारण ऋणी पक्षले बैंकको मिलेमतो भन्ने झुठो आरोप लगाएको स्पष्ट पारे । बैंकले सकेसम्म व्यवहारिक हिसाबले कसैलाई अन्याय नहोस् भनेर प्रयास गरेको पनि श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित