रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

लुम्बिनीका सभामुख र उपसभामुखले लिए पद तथा गोपनीयताको सपथ

लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खांणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन ।
प्रदेश प्रमुख अमिक शेरचनले सभामुख तुलाराम घर्ती मगरलाई प्रदेश सभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका थिए ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार घर्तीलाई प्रदेश प्रमुख शेरचनले सभामुखको शपथग्रहण पश्चात उपसभामुख मेनुका खांड केसीको शपथ ग्रहण भएको थियो । प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितीमा सभामुख समक्ष उपसभामुखले शपथ लिएकी हुन ।
मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत निर्विरोध चयन गरिएको थियो ।
सभामुख र उपसभामुख चयन नहुंदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए । अब माघ ५ गते बस्ने प्रदेश शभाको बैठकको सञ्चालन भने सभामुख तुलाराम घर्तीले गर्नेछन् । सोही दिन मुख्यमन्त्री लिला गिरीले विश्वासको मत ल्याउने कार्यतालिका छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार