कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकबाट पाल्पा २ ‘ख’ बाट निर्वाचित घर्ती सभामुख र उपसभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद बनेकी खाँण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले घर्ती सभामुखमा र खाँण उपसभामुखमा निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा आशिषकुमार चौधरी बसेका थिए ।

यसैगरी, उपसभामुख खाँणको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका सीके गुप्ता बसेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार