बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

लुम्बिनीको सभामुखमा घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकबाट पाल्पा २ ‘ख’ बाट निर्वाचित घर्ती सभामुख र उपसभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद बनेकी खाँण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले घर्ती सभामुखमा र खाँण उपसभामुखमा निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा आशिषकुमार चौधरी बसेका थिए ।

यसैगरी, उपसभामुख खाँणको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका सीके गुप्ता बसेका थिए ।

८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित