लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् ।
माघ ५ गते बस्ने प्रदेश सभाको बैठकमा गिरीले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिन लागेका हुन ।
५८ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री बनेका गिरीलाई प्रदेश सभामा प्रतिनिधित्व भएका १० मध्ये स्वतन्त्र सहित ६ दलको समर्थन छ । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजबादीले भने सरकार बाहिर छन् ।