बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, यी हुन् थपिएका मन्त्री

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त एक उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले उपप्रधानसहित ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका ध्रुवबहादुर प्रधान कानुनमन्त्री बनेका छन् । राप्रपाकै विक्रम पाण्डे सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, माओवादीकै सुदन किराँतीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् ।

माओवादीकै सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन् ।

नेकपा (एमाले)का सांसद हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा शपथ लिएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् ।

गएको पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै शपथ लिएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधान एवं अर्थ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित