निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

श्रीमती र छाेरी भेटेर पाेखरा उडेका थिए डा. गणेश, विमान दुर्घटनाले बुचा परिवारमा बज्रपात

बुटवल : तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका पदमबहादुर बुचा छोराछोरीलाई अध्ययन गराउने र परिवारलाई सुखमा राख्ने भन्दै रोजगारीको लागि जर्मन गए।

जर्मनमा उनले केही धन कमाए। त्यहि धनले छोराछोरीले अध्ययन गरे। जीवन सजिलोसँगै चल्दै थियो।

अध्ययनमा अब्बल पदमका एक मात्र छोरा गणेश थापा चिकित्सा अध्ययन गर्न चाहन्थे। छोराको चाहनाअनुसार चिकित्सा शिक्षा अध्ययन गराउनकै लागि पदम जर्मन पुगे। गणेश आफूले रोजेको विषय अध्ययनमा लागे।

डिंगरनगरमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म अध्ययन गरेर बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन मात्र गरेनन् उत्कृष्ट अंक ल्याएर सरकारी छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्ययन गरे अनि डाक्टर बने।

रोजेको विषय पढेका गणेशको सपना पूरा भयो नै बुवा पदमले पनि छोरा गणेशमा सुनौला ‘सपना’ देखे। छोरा डाक्टर भएपछि उनी जर्मन छाडेर नेपाल आए।

३६ वर्षीय गणेश चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेपछि अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरे।

त्यसपछि नेपाल आएका उनले केहि वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरे। उनी पछिल्ला केहि वर्षयता पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत थिए।

त्यहाँ कार्यरत गणेशको आइतबार भएको यती विमान दुर्घटनामा परी मृत्यु भयो। एक्लो छोरा गुमाएका बुवा पदम विक्षिप्त बनेका छन्। अहिले तिलोत्तमा डिंगनगर शोकमा डुबेको छ भने परिवारमा बज्रपात परेको छ।

उनकी श्रीमती रोनी महर्जन र दुई वर्षीया छोरी काठमाडौंमा बस्छन्। रोनी पनि चिकित्सक हुन्। गणेश पोखरा, श्रीमती र छोरी काठमाडौं र बुवाआमा डिंगरनगरमा बस्दै आएका थिए। उनी श्रीमती र छाेरी भेटेर आइतबार पाेखरा उडेका थिए।

आइतबार छोराको विमान दुर्घटनामा परेको खबर थाहा पाएपछि आमा सूर्यकुमारी बुचाका आँखामा आँशुका बगिरहेका छन्।

‘आमा रुनुभएको छ। सम्झाउँदा पनि आशु थाम्न सक्नुभएको छैन। बुवाको हालत पनि उस्तै छ। पत्याउनै सक्नुभएको छैन’, गणेशकी बहिनी नाता पर्ने यशोदाले थापाले भनिन्।

अहिले बुचा परिवार छिमेकी जहरसिंह रानाको साथमा छोराको शव बुझ्न काठमाडौं पुगेका छन्। मृतक गणेशको शव तिलोत्तमा ल्याउने बताइएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित