लुम्बिनी प्रदेश सभामा सभामुख पदका लागि सत्ता गठबन्धनको मात्र मनोनयन दर्ता

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख पदमा ४ जनाको मनोनयन दर्ता भएको छ ।
संसद सचिबालयले जारी गरेको सूचना अनुसार सोमबार साँझ ५ बजे सम्मको लागि मनोनय दर्ताका लागि समय दिएको थियो । साँझ ५ बजे सम्म सभामुखमा १ र उपसभामुखमा ३ गरी ४ जनाको मनोनयन दर्ता भएको हो ।
सभामुखमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका तुलाराम घर्तीको मात्र मनोनयन दर्ता भएको छ । उपसभामुखमा भने राप्रापकी मेनुका खांण, नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारुको मनोनयन दर्ता भएको हो ।
सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेका छन भने उप–सभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन ।
यसैगरी कांग्रेसबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेका पाठकको प्रस्तावकमा वसिरुद्दिन खाँ छन भने समर्थकमा राजु खनाल रहेका छन् ।
उन्मुक्ति पार्टीबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेकी निर्मला देवी थारुको प्रस्तावकमा नरमाया ढकाल छिन भने समर्थकमा धर्म बहादुर चौधरी रहेको प्रदेश सभा सचिबालयका सचिव दुर्लभ कुमार पुनले जानाकारी दिए ।
सोमबार मनोनय दर्ता भए संगै मंगलबार बस्ने बैठकले लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुख चयन गर्नेछ । भोलीको बैठक पनि जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्नेछन् ।
लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन । प्रदेशसभामा सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन । कांग्रेसका २७ सदस्य छन । कांग्रेसले सरकारलाई समर्थन गरेको छैन् । १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले भने सरकारलाई समर्थन गरेका छैनन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित