आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

पोखरा विमान दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीका चिकित्सक थापा

पोखरामा आइतबार भएको बिमान दुर्घटनामा ज्यान गुमाउनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका डाक्टर गणेश थापा पनि परेका छन् ।

पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत थापा काठमाडौंमा २ साताको तालिम सकाएर आइतबार यति एयरलाइन्सको सो बिमानमा काठमाडौंबाट पोखरा जाँदै थिए ।

तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरस्थित सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु गरेका ३६ वर्षीय थापाले छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्यायन गरेका थिए। प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।

चीन र अष्ट्रेलियाबाट अध्ययन पूरा गरेपछि केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका डाक्टर थापा अहिले ब्रिटिश वेलफेयर अस्पतालमा आवद्ध रहेका थिए। उनका बुवाआमा अहिले पनि तिलोत्तमामै बस्ने गरेका छन् भने चिकित्सक रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरी काठमाडांै बस्ने गरेका थिए ।

बुवा पदमबहादुर बुचा र आमा सुर्यकुमारी बुचाका एकमात्र छोरा थिए। जहाज दुर्घटनामा एकमात्र छोरा गणेशको मृत्यु भएको खबर सुनेपछि बुचा परिवारमा बज्रपात परेको छ। उनीहरु छिमेकीको साथमा छोराको शव बुझ्न काठमाडौं पुगेका छन्। उनको शव तिलोत्तमामै ल्याउने तयारी भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित