बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

पोखरामा विमान दुर्घटना, भेटियो ब्ल्याक बक्स

गण्डकी प्रदेश मुकाम कास्कीको पोखरामा आइतबार दुर्घटनामा परेको यती एयर विमानको ब्ल्याक बक्स फेला परेको छ। विमान दुर्घटनाको करिब २५ घन्टापछि ब्ल्याक बक्स भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजको ब्ल्याक बक्स भेटिएको जानकारी दिए। विमान दुर्घटनामा परेलगत्तै खोजी कार्य जारी रहे पनि २५ घन्टापछि मात्रै भेटिएको ब्ल्याक बक्सलाई काठमाडौं ल्याउने तयारी भइरहेको उनले बताए।

ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले एकआपसमा गरेको कुराकानी रेकर्ड हुने हुँदा यसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ। विमान दुर्घटना हुनुको मूल कारण पनि ब्ल्याक बक्सबाट थाहा पाउन सकिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार