३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मणिमुकुन्द भलिवल क्लवले माघ २४ गते देखि जिल्ला स्तरिय भलिबल प्रतियोगिता गर्ने

बुटवल । मणिमुकुन्द भलिबल क्लव तिलोत्तमाको आयोजनामा ८ औं मणिमुकुन्द रनिङगकप जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित क्लवको आफ्नै खेलमैदानमा हुने प्रतियोगिता माघ २४ गते देखि २८ गते सम्म हुनेछ ।

जिल्लामा नयां खेलाडिहरुको उत्पादनका साथै खेल क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र अहिले तयारी तिब्र पारिएको मणिमुकुन्द भलिबल क्लवका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । अहिले मैदान व्यवस्थापन, प्रयोजक, सहप्रयोजकहरु खेज्ने कार्य भइरहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजार सहित रनिङग कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी द्धितिय हुनेले नगद १ लाख सहि तकप मेडल र प्रमाणपत्र, तृतीय हुनेले नगद ५५ हजार सहि तकप मेडल र प्रमाणपत्र तथा चौथो हुनेले नगद ३० हजार सहि तकप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकको भनाई छ । त्यसैगरी उत्कृष्ट खेलाडिलाई नगद १० हजार र अन्य विधामा उत्कृष्ट हुनेले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित