एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु लुम्बिनी प्रदेश सभाको बैठक आज बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा                
समाचार :

आमाले बनाएको बटुक खान अब कहिल्यै नआउने भइन् सृजना

माघे संक्रान्तिको दिन। छोरीलाई ज्यादै मन पर्ने बटुक काठमाडौं पठाउन तयारी गर्दै थिइन् सैनामैना-५ सेरवाकी खिमिसरा हुङचुङ।

बाबा-आमाकाे अत्यन्तै ख्याल गर्ने अनी घरकी एक्ली छोरीलाई सम्झँदै बनाएकाे बटुक र केही रोटी आज (शनिबार) साँझ जेठी बुहारीमार्फत काठमाडौं पुग्दै पनि थियो।

बिहानैदेखि एक्कासी बढेको माघे जाडोमा हतार-हतार गर्दै छोरीका लागि खिमिसरा बटुक बनाउँदै थिइन्। त्यही बेलामा पोखरा उडेको विमान खसेको खबर गाइँगुइँ चल्दै थियो।

उनले काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाको खबर सुनिन् जहाँ उनकी छोरी परिचारिका थिइन्।

चालकदलका चार जनासहित ७२ जना चढेको विमान बिहान सेती खाेँचमा दुर्घटना भएकाे थियाे। कोही जिवितै भेटिएलान् कि भन्ने आश हराउँदै गयो। बेलुकासम्म दुर्घटनास्ठलबाट ६८ जनाको शव संकलन भइसकेको छ। चार जना फेला परेका छैनन्।

यता सेनामैनामा यती एयरलायन्सकी विमान परिचारीका सृजना हुङचुङ (सिर्जु थापा)को अवस्था के भयो होला? भन्दै बिहानदेखि भक्कानीइरहेकी खिमिसरा पकाएर सेलाइसकेका बटुक हेर्दै रुँदै थिइन्।

उनी भन्दै थिइन्, ‘हिजो मात्र फोनमा लामो कुराकानी गर्दा धेरै बटुक चाहिन्छ है मम्मी भन्थी।’

खिमिसराका घरमा जम्मा भएका आफन्तले उनलाई सम्झाइरहेका थिए। तर आमाकाे मन किन मान्थ्याे र?

उनी रुँदै भन्दै थिइन्, ‘एउटी छाेरी, मलाई कस्ताे भाकाे छ के था? आफैं भिरबाट हाम फालेर मराैं जस्ताे भाकाे छ।’

आफू पनि छाेरीसँगै जान पाए हुन्थ्याे भनिरहेकी उनकाे दिनभरी आँसु थामिएका छैनन्। परिवारकी एक्ली छोरी सृजनाका २ दाइ १ भाइ छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार