रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

घटनास्थलबाट कास्कीका सीडीओले भने– २५ जनाको शव निकालियो

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।

९ एन एटीआर ७२ विमान पोखरा रंगशालानजिकै सेती खोंचमा दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको यती एयरलाइन्सले जनाएको छ ।​ दुर्घटनाग्रस्त विमानमा आगो लागेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटनाग्रस्त विमानबाट हालसम्म २५ शव निकालिएको बताए ।

‘हालसम्म २५ वटा शव निकालिसकिएको छ,’ उनले भने, ‘जीवित उद्धार हुने सम्भावना एकदम न्यून छ।’

अहिले सबै सुरक्षाकर्मीलाई आगो निभाउन परिचालन गरिएको हुनाले थप विवरण केही समयमा आउने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार