निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

गुल्मीमा आईटिएफ तेक्वान्दो प्रतियोगिता

गुल्मीमा शनिबार दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ। जिल्ला आईटिएफ तेक्वान्दो संघ गुल्मीको आयोजनामा दोस्रो जिल्लास्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिताको आयोजना हुन लागेको हो।

शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालय, तम्घासमा पत्रकार सम्मेलन गरेर आईटिएफ तेक्वान्दो प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो।

यसपटक गुल्मी जिल्लामा डोजाङ्ग स्तरीय प्रतियोगिताको आयोजना गरिएको छ। यसमा जिल्लामा रहेका करिब नौ वटा डोजाङ्गबाट करिब २२० जना खेलाडीको सहभागिता रहने आईटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष नवराज पोखरेलले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेछन्। जसमा २० स्वर्ण, २० कास्य र ४० रजत पदक वितरण गरिने छ। उत्कृष्ट महिला पुरुष खेलाडीलाई वेस्ट अवार्डसहित नगद रकम प्रदान गरिने छ।

प्रतियोगिता शनिबार बिहान सात बजेदेखि जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुनेछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित