भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

लुम्बिनी प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

लुम्बिनी प्रदेश सरकारको २०७८ चैत २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबार बिदा दिन लागिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका कानून अधिकृत सीता घिमिरेले जानकारी दिइन्।

केन्द्र सरकारले माघे संक्रान्तीको अवसरमा माघ १ गते सार्वजनिक बिदा यसअघि नै दिइसकेको छ। यसरी हेर्दा लुम्बिनी प्रदेशमा आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा हुनेछ।

थारु समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन्। प्रदेशको राजधानी दाङ लगायतका जिल्लामा थारु समुदायको बाहुल्यता छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित