रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

रुपन्देहीको मर्चवारमा गोली चल्यो, तीनजना प्रहरीको नियन्त्रणमा

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । बिहीबार राती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित पर्सियामा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले पुष्टि गरे ।

प्रहरीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनका लागि हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । घटना भएको स्थान नेपाल–भारतको सीमा क्षेत्र हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार