रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु देवसिद्ध खानेपानीको १४ औं साधारणसभा बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु जालझेल गरेर भुमाफियाले जग्गा विक्री गरिएको भन्दै न्याय दिन आग्रह सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन्न धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न                
समाचार :

रुपन्देहीको मर्चवारमा गोली चल्यो, तीनजना प्रहरीको नियन्त्रणमा

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । बिहीबार राती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित पर्सियामा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले पुष्टि गरे ।

प्रहरीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले पकड जमाउने उद्देश्यले तर्साउनका लागि हवाई फायर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

अनुसन्धानको काम जारी रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थल नजिकैबाट प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । घटना भएको स्थान नेपाल–भारतको सीमा क्षेत्र हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित