आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

सुन्तलाको भाउ पर्खिंदै पाल्पाका किसान

रैनादेवी छहरा गाउँपालिका–५ मुझुङका व्यावसायिक किसान विनोद कार्कीको बगानमा सुन्तला लटरम्म छन् । पहेंलपुर सुन्तला देख्दै रसलाग्दा छन् । अन्य खेती गर्न छाडेर सुन्तला लगाएका कार्कीका ६ सय बोट छन् ।

‘यस वर्ष बोटै धान्न नसक्ने गरी फलेको छ,’ उनले भने, ‘खेताला नै लगाएर टेको लगाउनुपर्ने अवस्था आयो । विगतमा भन्दा धेरै राम्रो फलेको छ । दोब्बर आम्दानी गर्ने सोच हो तर भाउ नपाए पनि डेढ गुणा आम्दानी पक्का छ ।’

गत वर्ष ९ लाख रुपैयाँका सुन्तला बेचेका कार्की यस पटक कम्तीमा १५ लाखको बिक्री गर्ने योजनामा छन् । केही वर्ष बोट मरेर चिन्तामा परेका उनले अहिले पुरानै बोटबाट समेत राम्रो आम्दानी लिएका छन् । त्यस्ता बोटमा समेत दुई–तीन क्विन्टल फलेको छ । पछिल्लो वर्ष सरकारी निकायबाट प्राविधिक र केही अनुदान सहयोग पाएपछि यस वर्ष थप हौसला मिलेको उनले बताए । ‘भाउ नआएकाले सुन्तला बिक्री गरेको छैन,’ उनले भने, ‘नजिकको रिब्दीकोटको पालुङका किसानले सुन्तला बेचेर सकेका छन् तर हाम्रा बोटमै छन् ।’

रैनादेवी छहरा–४ छहरा अमलावासकी लीला न्यौपानको पनि सुन्तला बगान पहेंलपुर छ । बजारमा भाउ नआएपछि अझै सुन्तला नटिपेको र भाउ आउनासाथ बिक्री गर्ने उनको योजना छ । मंसिरमा भाउ थियो तर बिक्री नगरेको उनले बताइन् । ‘पछिल्ला दिनमा तराईमा हुस्सु लागेको छ, व्यापारीले सस्तोमा मागेका छन्,’ उनले भनिन्, ‘तर मैले बिक्री गरेकी छैन । भाउ पर्खेर बसेकी छु ।’ न्यौपानेले गहुँ, कोदो, मकै, तरकारी खेती गर्ने सबै बारीमा ४ सय ५० बढी सुन्तलाका बोट लगाएकी छन् । २ सय ५० बोट छन् । न्यौपानेले गत वर्ष ८ लाखको सुन्तला बिक्री गरेकी थिइन् । यस वर्ष भने कम्तीमा १६ लाखको बिक्री गर्ने उनको भनाइ छ ।

जिल्लाको पश्चिम भेगमा पर्ने रैनादेवी छहराको अमलावास, मुझुङलगायतका गाउँमा सुन्तला ढिला बिक्री हुन्छ । माघ अन्तिमसम्म पनि यहाँका बोटमा सुन्तला हुन्छन् । त्यसपछि भने भाउ नआए पनि बिक्री गर्छन् । अर्को वर्ष फल कम लाग्ने डरले पनि माघसम्म बिक्री गर्नुपर्छ । कोल्डरुम, कोल्डस्टोर हुने हो भने समयमा टिप्न पाइने न्यौपानेले जनाइन् । छहराको अमलावास, मुझुङमा ढिलासम्म गाउँ नै पहेंलपुर छ । पश्चिमको पालुङमैनादी, मुझुङ, अमलावास, सोमादी, भुवनपोखरीका धेरैजसो किसान व्यावसायिक सुन्तला खेती गर्छन् । गत वर्ष पनि किलोको ९० पाएर मात्र बिक्री गरेका थिए । कतिपयले प्रतिकिलो १ सय २० रुपैयाँ थोक बिक्री गरेको अमलावासका सुन्तला किसान कमल घिमिरेले बताए ।

किसानले मकै, कोदो र गहुँ रोप्ने बारीमा सुन्तला लगाएका छन् । कतिपयले सुन्तलासँगै तरकारी खेती, आलु लगाउँछन् । ‘सुरुमा हामीलाई धेरैले गाली पनि गरेका हुन्,’ सुन्तला जोन सञ्चालक समिति अध्यक्षसमेत रहेका अमलावासका किसान नित्यानन्द पोखरेलले भने, ‘अहिले भने किसानलाई पेन्सन जस्तै भएको छ ।’ ०५३ सालतिरबाट सुन्तलाका बोट लगाउन सुरु गरेकाहरू अहिले कम मिहिनेतमा एक सिजनमै लाखौं कमाउने भएका छन् । वार्षिक कम्तीमा ५ लाख आम्दानी गर्छन् । ‘सुन्तला फल्यो भने थोरै बोट हुनेले पनि कम्तीमा ५ लाख आम्दानी गरेका छन्,’ पोखरेलले भने, ‘सुन्तला लगाउने धेरैको मुहार खुसी छ । उनीहरु अझ बोट थप्ने योजनामा छन् ।’

कतिपयले घर व्यवहार मिलाउन, नगद आम्दानी चाहिएपछि सुन्तला बिक्री गर्छन् । यहाँ नेपालगन्ज, भैरहवा, नारायणगढदेखि व्यापारी सुन्तला खरिद गर्न आउँछन् । माघको अन्तिम साता मुग्लिङ, नारायणगढ बजारमा पनि अमलावास, मुझुङको सुन्तला खान पाइने पोखरेलको भनाइ छ । कतिपय व्यापारीले किलोमा तौल गरेर लैजान्छन् । धेरैले भने बगानै ठेक्का लिन्छन् । ‘मुझुङ, अमलावासको सुन्तला अन्यत्रको भन्दा मीठो छ,’ रूपन्देहीबाट आएका व्यापारी कमल श्रेष्ठले भने, ‘त्यसैले ढिला भए पनि बिक्रीका लागि बजारमा कुनै समस्या हुँदैन ।’

छोराछोरीको पढाइ, घर खर्चका साथै घरघडेरी किन्नमा समेत सुन्तला सहयोगी बनेको रैनादेवी छहरा–४, छहरा अमलावासका छविलाल कँडेलले बताए । वार्षिक १० लाखको सुन्तला बिक्री गर्ने उनको भनाइ छ । ‘गाउँका सबैले लगाउँदा मैले पनि लगाएको हुँ,’ उनले भने, ‘सुन्तलाको आम्दानी लिन पाएपछि यति बेला धेरै खुसी छु ।’ पछिल्ला वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन कार्यक्रमले सहयोग गरेको छ ।

क्षेत्र विस्तार, थोपा सिँचाइ, यान्त्रिकीकरण, पावर स्प्रेयर, माइक्रोन्युट्रिन्ट, बगैंचा सुदृढीकरण, कोल्ड रुम बनाउन किसानलाई सहयोग दिइएको सुन्तला जोनका कार्यालय प्रमुख दीपक भट्टराईको भनाइ छ । यस वर्ष क्षेत्र विस्तार १५ हेक्टर (३ सय रोपनी) मात्र भएको छ । चालू आर्थिक वर्षमा ५० हेक्टर (१ हजार रोपनी) पुर्‍याइने प्रमुख उनले बताए । ‘किसानलाई प्राविधिक सहयोग, यान्त्रिकीकरणका साथै यस वर्ष प्याकेजिङमा पनि सहयोग गर्ने कार्यक्रम छ,’ उनले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराङ्दी र मुझुङमा कोल्ड रुम निर्माण गरेको छ । थोरै लगानीमा एक–डेढ महिना भए पनि किसानले सुन्तला राख्न पाए भने भाउ महँगो पार्न सक्ने उनको भनाइ छ ।

चिसो र हिमालतर्फ फर्केको क्षेत्रमा सुन्तला लगाउन किसानलाई आग्रह गरिएको भट्टराईले जनाए । कम लगानी र थोरै मिहिनेतबाट मनग्गे आम्दानी हुने भएकाले पनि धेरै किसानको रोजाइ सुन्तला बनेको उनले बताए । सुन्तला लगाउनेहरू खाडी मुलुक र भारत धाउनुपरेको छैन । खाडी र भारत गएकाहरूले फर्केर गाउँमै सुन्तला लगाएका छन् । सुन्तला लगाउनेहरू अन्तरबाली खेती गर्छन् ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहबाट प्राविधिक सहयोग, मल बीउ अनुदान र अनुदानमा बिरुवा पाएपछि धेरै किसानले व्यावसायिक सुन्तला खेती गर्न थालेका छन् । संघीय, प्रदेश र स्थानीय तहको सहयोग पाएपछि सुन्तला खेती गर्ने किसान बढेको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले जनाइन् । जिल्लामा १ हजार १ सय ४३ हेक्टरमा सुन्तला लगाइएको छ । १ हजार १ सय ५ हेक्टरबाट सुन्तलाले आम्दानी दिएको छ । यसबाट गत वर्ष ८ हजार ७ सय ३० टन सुन्तला उत्पादन भएको थियो । ‘गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन अझ धेरै राम्रो छ,’ उनले भनिन्, ‘यसपटक समयमै वर्षा भएकाले पनि गुणस्तर पनि राम्रो छ ।’

फलफूल सुदृढीकरणका कार्यक्रम, सुन्तला मिसन, सुन्तला जोन परियोजनाबाट किसानले सहयोग पाएका छन् । अघिल्लो वर्ष ३६ करोड बराबरको सुन्तलाको कारोबार भएको र यस वर्ष ४० करोडभन्दा बढीको हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको चापपानी, छहरा, मुझुङ, पालुङमैनादी, भुवनपोखरी, जल्पा, बन्दीपोखरा, नायरनमतलेसमा सुन्तला खेती हुँदै आएको छ ।
यो समाचार पाल्पाबाट कान्तिपुर दैनिकका लागि माघव अर्यालले लेखेका हुन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार