तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शिवराजमा २५ लाखको लागतमा पृथ्वीनारायण शाहको शालिक निर्माण हुने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । शालिक शिलन्यास गर्दै लुम्बिनी प्रदेश सभा सदस्य के.सी.ले पुर्खा र पुर्वजहरुलाई सम्मान गर्नु पर्ने बताए ।
बाइसे चौबिसे राज्य रहेको अवस्थामा एकिकरण गरि सिगों नेपाल निर्माणका नायकको जन्म जयन्ती कै अवसरमा सालिक शिलन्यास गरिनु निकै सान्दर्भिक रहेको उनले बताए ।
आफु निर्वाचित भएर आए पछि पहिलो आर्थिक बजेटमा नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक स्थापन गरि खरेन्द्रपुर चोकमा विभुत्ति पार्क निर्माण गर्ने निर्णय गरिएको सोहि अनुसार सालिकको शिलन्यास गरिएको नगर प्रमुख अजय थापाले बताए ।
विभुति पार्कको निर्माण संगै राष्ट्र निर्माता शाहको सालिक निर्माण गरि पछि राष्ट्रिय विभुतिहरुको सम्मानार्थ नगरपालिकाले आ.ब. ०७९।०८० मा छुट्याएको बजेट रु. २५ लाखको लागतमा सालिक निर्माण हुने वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।
राष्ट्र निर्माता शाहका सम्मान र इतिहासको जर्गेनाका लागि गरिएको शालिक शिलन्यास कार्यक्रमलाई स्थानिय बासीले समेत सकारात्मक रुपमा लिएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित