अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

शिवराजमा २५ लाखको लागतमा पृथ्वीनारायण शाहको शालिक निर्माण हुने

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । शालिक शिलन्यास गर्दै लुम्बिनी प्रदेश सभा सदस्य के.सी.ले पुर्खा र पुर्वजहरुलाई सम्मान गर्नु पर्ने बताए ।
बाइसे चौबिसे राज्य रहेको अवस्थामा एकिकरण गरि सिगों नेपाल निर्माणका नायकको जन्म जयन्ती कै अवसरमा सालिक शिलन्यास गरिनु निकै सान्दर्भिक रहेको उनले बताए ।
आफु निर्वाचित भएर आए पछि पहिलो आर्थिक बजेटमा नै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिक स्थापन गरि खरेन्द्रपुर चोकमा विभुत्ति पार्क निर्माण गर्ने निर्णय गरिएको सोहि अनुसार सालिकको शिलन्यास गरिएको नगर प्रमुख अजय थापाले बताए ।
विभुति पार्कको निर्माण संगै राष्ट्र निर्माता शाहको सालिक निर्माण गरि पछि राष्ट्रिय विभुतिहरुको सम्मानार्थ नगरपालिकाले आ.ब. ०७९।०८० मा छुट्याएको बजेट रु. २५ लाखको लागतमा सालिक निर्माण हुने वडा नं. ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताए ।
राष्ट्र निर्माता शाहका सम्मान र इतिहासको जर्गेनाका लागि गरिएको शालिक शिलन्यास कार्यक्रमलाई स्थानिय बासीले समेत सकारात्मक रुपमा लिएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार