बुटवलमा एमालेको बृहत् जनप्रदर्शन, २९ तस्वीरमा हेर्नुहोस काठमाडौंबाट डाइभर्ट भएको निगमको जहाज भैरहवा नगएर किन गयो दिल्ली? न्यू होराइजन प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिताको ३२ औँ संस्करण सुरु बुटवलमा भोली हुने एमालेको जनप्रदर्शनको तयारी पूरा बुटवल हस्पिटल प्रा.लि.मा बृहत् रक्तदान, एक सय एक युनिट रगत संकलन कालिका मानवज्ञान माविमा प्रथम त्रैमासिक नतिजा प्रकाशन, ९८ विद्यार्थीलाई ६ लाख ५० हजारको छात्रवृत्ति रवि र छविको मुद्दामा सर्वोच्चमा रहेको मिसिल झिकाउन आदेश उपभोत्ताको मन जित्दै एएसी व्लक, बार्षिक २० करोडको कारोबार शनिवार बुटवलमा एमालेकाे जनसभा हुंदै निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल                
समाचार :

लुम्बिनीको मुख्यमन्त्रीको लागि ५८ सांसद सहित लिला गिरीको दावी पेश

नेकपा एमाले नेता लीला गिरीले बुधबार मुख्यमन्त्रीको लागि दावी पेश गरेका छन । प्रदेशसभाको ठूलो दल एमाले संसदीय दलका नेता गिरीले सत्तारूढ एमाले–माओवादी सहित ५८ सांसदको संमर्थन सहित प्रदेश प्रमुख अमिक शेरचन समक्ष नयाँ सरकारको लागि दावी पेश गरेका हुन् ।
प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका बुधबार ५ बजेसम्मका लागि समय दिएका थिए ।
५८ सांसदको हस्ताक्षर सहित गठबन्धनले दावी पेश गरेको एमाले सांसद भूमिश्वर ढकालले जानकारी दिए । गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३,लोसपाका ३, जसपाका ३, स्वतन्त्र २ सांसदको हस्ताक्षर छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन । लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने माओवादी र एमालेबीच सहमति भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित