रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवलको अध्यक्षमा पुनः परियार

बुटवल । नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवल उपमहानगर समितिको तेश्रो अधिवेशनले पुनः उदय परियारलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले परियारको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत चयन गरेको हो । यस्तै उपाध्यक्षमा वेदलाल खनाल , सचिबमा प्रकाश खनाल, सहसचिबमा पुरुषोतम खनाल, कोषाध्यक्षमा कमल विसी, सहकोषाध्यक्षमा भेगराज पौडेल चयन भएका छन । यस्तै महिला सदस्यमा बिमला मुखिया , सदस्यहरुमा सिताराम महतो, चिन्तामणी उपाध्याय, केसर बहादुर खड्का, यम बहादुर एसके थापा र प्रेम बहादुर ज्ञवाली चयन भएका छन नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवल उपमहानगर समितिका अध्यक्ष उदय परियारले संघमा आबद्ध भएका टेम्पु तथा ई–रिक्सा चालकको पक्षमा काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले दुर्घटना हुँदा बिमासँगै चालकलाई समस्या पर्दा सहजिकरण गर्दै आएको बताउनुभयो । संघले मजदुरहरुको हक हितमा काम गरेको बताउँदै परियाले संघलाई लुम्बिनी प्रदेश स्तरमा विस्तार गरिने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशका १२ जिल्लामा छरिएर रहेका टेम्पु तथा ई–रिक्सा चालकलाई संघमा आबद्ध गर्दै मजदुरवर्गको हक अधिकारमा आवाज उठाउने परियारले बताउनुभयो । कार्यक्रममा नेपाल ट्रड युनियन काँग्रेसका जिल्ला सदस्य विष्णु प्रसाद पौडेलले संघले मजदुरको हकहितको पक्षमा आवाज उठाउनु पर्नेमा जोड दिनुभयो । संघका जिल्ला अध्यक्ष लालमणी भण्डारीले स्वरोजगारमुलक पेशमा लागेका टेप्पु तथा ईरिक्सा चालकलाई संघले एकीकृत गर्ने काम गरेको बताउनुभयो । तिलोत्तमा नगर समितिका अध्यक्ष शेषकान्त भुसालले स्वरोजगार बन्ने युवाको रोजाईमा विद्युतीय रिक्सा बन्दै गएको बताउनुभयो । २०७२ सालमा स्थापना भएको संघमा २०० जना सदस्यहरु रहेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार