रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

‘सामुहिक कृषि गरी व्यवसायिकीरणमा जोड’

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको १६ औ साधारण सभा सम्पन्न


बुटवल, पुस । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ ।

साधारण सभाको शुभारम्भ गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले कृषि क्षेत्रको विकास विना आर्थिक विकास संभव नभएको भन्दै अव सामुहिक कृषि खेती आवश्यक रहेको बताएका छन् । उनले कृषि क्षेत्रमा लाग्ने युवा पुस्ताको अभाव विस्तारै कमी हुदै गएको भन्दै अव सामुहिक, सामुदायिक व्यवसायी चक्लाबन्दीमा कृषि प्रणाली अबलम्बन गर्नुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमीकिरण गरेर अगाडी बढेको बताउँदै नगर प्रमुख पाण्डेयले सामुहिक कृषि कर्म, व्यवसायीक कृषि योजानमा नगरपालिकाले जहिलेपनि हातेमालो गर्ने बताए ।

उनले यसको लागि प्रदेश सरकार वा संघीय सरकारसंगको सहकार्यका लागि पहल गर्न नगरपालिका जहिले पनि तयार रहेको बताएका थिए ।
बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल कृषि उपज थोक बजार केन्द्र स्थापना गरी व्यवसायी, नगरपालिका र संघीय सरकारको सह लगानीमा स्थापना भएको बजारको आवस्यकता भन्दा सानो भएको भन्दै उनले नगरको पहलमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ कर्साघाट क्षेत्रमा बहुउदेश्यीय कृषि बजार स्थापना अन्तीम चरणको रहेको उनले बताए ।यसको लागि स्थानीय तह वडा कार्यालय लगायतबाट संमन्वय भई वन क्षेत्रको जग्गा पर्ने भएको कारण विभागीय निर्णयको लागि संघीय सरकारमा पहल भैरहेको नगर प्रमुख पाण्डेयको भनाई रहेको छ ।

अहिले सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र बजारमाग भन्दा सानो भएको भन्दै उनले बैकल्पीक व्यवस्था नभएसम्मको लागि व्यवसायीहरु यहाँ बाट विस्तापित हुन नपर्ने समेत प्रतिवद्धता जानए । ‘मेरो कार्यकाल भरीमा बैंकल्पीक व्यवस्था नभए सम्मको लागि यहाँबाट व्यवसायीहरु विस्तापित हुनु पर्दैन, मेरो प्रतिवद्धता भयो’– प्रमुख पाण्डेयले भने ।
बुटवलमा पछिल्लो समयमा ठेला व्यवस्थापन, अव्यवस्थित रुपमा रहेका ई रिक्सा व्यवस्थापनको काम अहिले पनि जारी रहेको भन्दै उनले सफा, सुन्दुर र देशकै नमुना नगरबनाउनको लागि सबैले अभियानलाई साथ दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मसका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेले व्यवसायीक हितका लागि व्यवसायीक संघ संस्थाको विचमा सहकार्य जरुरी रहेको बताए ।

उनले लुम्बिनी फलफुल तरकारीथोक व्यवसायी संघले व्यवसायीक हितका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको भन्दै उनले समाजिक क्षेत्रमा समेत व्यवसायीक संघ संस्थाले गरेको कार्य उत्कृष्ठ रहेको बताएका थिए ।

बुटवल उद्योग बाणिज्य संघकामहासचिव विमलाराज भट्टराई ले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाको कारण व्यवसायीहरु आजित भैरहेको बताए । उनले यसको लागि संघीय सरकार, प्रदेश सरकार स्थानीय तहले समेत विशेष ख्याल गर्नुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष गोपाल भुषाल, संघका निर्वतनमा अध्यक्ष केशव कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल थोक बजारका व्यवस्थापक राम बहादुर खत्री, लुम्बिनी च्याउ उत्पादक किसान संघका ऋषव पोखरेल, लुम्बिनी सामाजिक संस्था नेपालका संयोजक राकेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाले गरेको बार्षिक कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष बाबुराम भुषालले कृषि क्षेत्रको विकासका लागि व्यवसायीहरुले नै कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका थिए ।

कोभिड पश्चात अर्थतन्त्रमा आएको मन्दीको सिकार व्यवसायी उद्योगीहरु भएको भन्दै उनले आर्थिक क्षेत्र चलायमान बनाउनको लागि संघ , प्रदेश र स्थानीय तहको पहल जरुरी रहेको बताएका थिए ।

संघका महासचिव मेघनाथ पौडेलले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न संघ संस्थाको संमन्वयबाट संस्थाले काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा संस्था क्रियाशिल हुनुपर्ने धारणा राखेका थिए ।

साधारण सभा तथा अधिवेसनको अवसरमा विभिन्न किसानहरुलाई फलफुलको विरुवा समेत वितरण गरिएको थियो ।

मदनपोखरा कृषक समुहका हिमलाल पोखरेल, गैडहवा कृषक समुहका रामलखन लोध, बुटवल जैविक का गोपाल पौडेल, सिद्धबाबा कृषक समुहका सावित्रा रेग्मीलाई फलफुलको विरुवा वितरण गरिएको हो ।

यस्तै संघका प्रेस सल्लहकार तथा बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल, कानूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे सहित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सहित विभिन्न व्याक्तित्वलाई सम्मान गरिएको थियो ।

संस्थाले गरेको आर्थिक गतिविधीको विषयमा कोषाध्यक्ष मनिष कुमार वर्णवालले प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा तथा अधवेसनबाट नयाँ नेतृत्व समेत चयन हुदै छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार