३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।

विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ । जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । । त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।

नेपाली विजयी टोलीलाई बधाइ दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही दिनअघि मात्रै उनी अनौपचारिक भ्रमणको क्रममा नेपाली खेलाडीहरूलाई हौसला दिन इन्डोनेसिया गएका थिए ।

नेपाली टिमको सफलतामा खुशी मनाउन नेपालका अनलाइन गेमिङ समुदायले भोली (२५ पुस) काठमाडौंमा र्‍याली आयोजना गर्ने भएका छन् । ‘नेपाली समूहले दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेकोमा हामी खुशी छौं,’ नेपाली अनलाइन गेमर प्रदीप अधिकारी भन्छन्, ‘यो नेपाली अनलाइन गेमर मात्र नभएर देशकै लागि गर्वको कुरा हो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित